धर्मेन्द्र कुमार कुर्मी (चौधरी )
कपिलवस्तु
"कपिलवस्तुको श्री त्रिनेत्र माध्यमिक विद्यालयले ‘फेरि भेटाैँला’ कक्षा ९ ले गर्याे १० का विद्यार्थीलाई बिदाई"


कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको श्री त्रिनेत्र माध्यमिक विद्यालय मधुनगर विजयनगर गाउँपालिका वडा नम्बर -७ मधुनगरमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई ‘कक्षा ९ द्वारा फेरि भेटौँ’ कार्यक्रम मार्फत बिदाई गरिएको छ । आगामी एसईई परीक्षा दिन गइरहेका विद्यार्थीहरूलाई विद्यालय प्रशासन, शिक्षक, विद्यार्थीहरु तथा अभिभावकहरूले शुभकामना दिएका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार कुर्मीले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै विद्यालयका प्रधानाध्यापक बालाजी कुर्मीले र विजयनगर ७ को वॉर्ड अध्यक्ष दिनेश कुमार चौधरीले पनि परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भएको बताउँदै धैर्य र लगनशीलताका साथ परीक्षा दिन आग्रह गरे ।बिदाई कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका सम्झनाहरू बाँड्दै आफूहरूलाई विद्यालय परिवारको सदैव सम्झना रहने पनि वहाँले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।विद्यालयले परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूको सफलताका लागि शुभेच्छा व्यक्त गरेको छन् ।
प्रतिक्रिया