अजय यादव वियोगी कलैया ,बारा । "बाराको ऐतिहासिक एवम् धार्मिक ठाउँले ख्यातिप्राप्त विश्व प्रसिद्ध भगवती श्री गढीमाई क्षेत्रबाट यी ४ चेह...
अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको ऐतिहासिक एवम् धार्मिक ठाउँले ख्यातिप्राप्त विश्व प्रसिद्ध भगवती श्री गढीमाई क्षेत्रबाट यी ४ चेहरा अहिले चुनावी मैदानमा रहेका छन् ।
२ जना संसदको यात्रा गरेका र २ जना अहिले युवाको चर्चामा रहेका छन् ।बलवीर चौधरी संविधानसभा सदस्य भईसकेका एक परिपक्व व्यक्ति हुन।वहाँलाई बाराका सन्त नेताका रुपमा पनि चिनिन्छ।जिल्लामा वहाँले विभिन्न माध्यमबाट सहयोग गरेका हुन।यता शिवचन्द्र प्रसाद कुशवाहा पनि संविधानसभा सदस्य भईसकेका व्यक्ति हुन।गरिबका मसिहा भनेर वहाँलाई यस क्षेत्रमा चिनिन्छ।बारा निर्वाचन क्षेत्र -२ मा माईका लाल भनेर नेता कुशवाहालाई चिनिन्छ ।
वहाँले विगत २०६४ साल देखि निरन्तर जनताको बिचमा काम गर्दै आई रहेका नेता हुन।भैयाराम यादव अहिलेको चर्चित युवा नेता हुन।गैरसरकारी संस्थाबाट नाम कमाएका वहाँले बारा निर्वाचन -२ मा अधिकाँश क्षेत्रमा काम गरेर जनतामा अाफ्ना छवि देखाएका नेता यादव हुन ।महिलाहरुको अार्थिक अवस्था मजबुत बनाउन वहाँले वकालत गर्दे आएका एक जुझारु युवा नेता हुन।अहिले देशभरिमै युवाकै बोलबाल रहेका बेला बारा निर्वाचन क्षेत्र नम्बर -२ मा पनि चर्चित युवा नेता चन्दन कुमार सिँह पनि चुनावी मैदानमा रहेका छन्।
यसअघि चर्चित युवा नेता सिँह देवताल गाउँपालिका अध्यक्ष भई ५ साल काम गरेर अनुभव बटुलेका छन्।युवाको मनको भावना बुझि अगाडि बढने नेताको रुपमा पनि नेता सिँहलाई चिनिन्छ।बारा निर्वाचन क्षेत्र -२मा विश्व प्रसिद्ध भगवती श्री गढीमाईको स्थान रहेको छ।अब कसले विश्व सम्पदा सुचिमा समावेश गराउने प्रतिबद्धता गर्नेछ त्यो भन्ने हेर्न बाँकी रहेको छ।श्री गढीमाई कि बहिनी पनि कटमासीमाई यहीँ क्षेत्रमा पर्ने भएकाले यसलाई विशेष नजरले हेरिन्छ ।
बाराको ४ क्षेत्रमध्ये क्षेत्र नम्बर -२ लाई मुटुको रुपमा चिनिन्छ ।जहाँ मधेस विद्रोह गराउने नेतालाई पनि यहाँका जनताले जिताएर पठाएको ईतिहास रहेको छ।अहिले यहीँ क्षेत्रको नेता सक्रिय भएका छन् ।जनताले कसलाई मन पराउने छन् ।अागामी फागुन २१ गतेको चुनाव पछि देखिनेछ ।
COMMENTS