Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रदेश सरकारले पत्रकारहरूका लागि कल्याण कोष तथा पेन्सनका लागि सहयोग गर्ने : मन्त्री साह

जनकपुरधाम  । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार आचार संहिताको पालना गर्दै देश र जनताको पक्षमा कलम चला...

जनकपुरधाम  । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार आचार संहिताको पालना गर्दै देश र जनताको पक्षमा कलम चलाउने पत्रकारहरूलाई सम्मानसहित पुरस्कृत गर्ने पक्षमा प्रदेश सरकार रहेको बताउनुभएको छ ।

सञ्चार मन्त्री साहले मधेस प्रदेशका मिडिया काउन्सिलले महोत्तरी जिल्लाको बर्दिबासमा आज “सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण” को लागि आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । 

उहाँले आचार संहिता विपरीत काम गर्ने पत्रकारहरूमाथि आचार संहिता अनुसार कारबाही गरेर कानुनको पालना गर्नका लागि बाध्य पारिने बताउनुभयो । 

मन्त्री साहले प्रदेश भरिका पत्रकारहरूका लागि कल्याण कोष तथा पेन्सन वृत्ति लागु गर्नका लागि मिडिया काउन्सिललाई मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

उहाँले संविधानको पालना गर्नका लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध भए पनि सङ्घीय सरकारले कतिपय संवैधानिक प्रावधानहरू कार्यान्वयन नगरेर संविधानको उल्लङ्घन गरेको आरोप लगाउनुभयो । 

मन्त्री साहले प्रदेश प्रहरी स्थापना तथा परिचालनको अधिकार संविधानले नै प्रदेश सरकारलाई प्रदान गरे पनि हालसम्म पनि प्रहरी ऐन कार्यान्वयन गर्न नदिनका लागि सङ्घीय सरकारले व्यवधान गरिरहेको दाबी गर्नुभयो ।

मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, मिडिया काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र सहितका वक्ताहरूले आचार संहितको पालनाले मर्यादित पत्रकारिताको विकासमा योगदान दिने गरेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घसँग आबद्ध रहेको धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका पत्रकारहरू सहभागी रहनुभएको सो कार्यक्रममा काउन्सिलले तयार पारेको प्रारम्भिक आचार संहितामाथि छलफल गर्नुभएको थियो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content