Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

अमेरिकामा एनआरएनएको चुनावी सरगम बढ्यो

श्री गढीमाई डेली संवाददाता । अमेरिका । "अमेरिकामा एनआरएनएको चुनावी सरगम बढ्यो  " अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को आग...
श्री गढीमाई डेली संवाददाता ।
अमेरिका ।
"अमेरिकामा एनआरएनएको चुनावी सरगम बढ्यो


 "
अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचन नजिकिँदै गर्दा विभिन्न राज्यमा रहेका नेपाली समुदायमा चुनावी सरगर्मी बढेको छ । अहिले अमेरिका बस्ने नेपालीहरू चुनावमय भएका छन।
यसै सन्दर्भमा सुभाष कुमार बैठा ले एनआरएनए एनसिसि युएसए (२०२५–२०२७) को सचिव पदमा सत्येन्द्र साह को नेतृत्व रहेको टीम बाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 
उनले आफू सचिव पदका लागि प्रत्यासी रहेको जानकारी सार्वजनिक गर्दै नेपाली समुदायको सहयोग र समर्थनका लागि अपील गरेका छन् ।
       बैठा अमेरिका स्थित बिभिन्न संघ संस्था को नेतृत्व मा रही अनेकौ उल्लेखनीय कार्य गर्नु भएका छन । यस अघि वहाँ आफै आफ्नो गृह राज्य पेन्सलभानिया को एन आर एन एनसिसि को फोकल पर्सन हुदै संस्थापक अध्यक्ष भइ सक्नु का साथै बिभिन्न उप कमिटी हरू मा नेतृत्वदायी भुमिका रही काम गर्नु भएका छन । 
बैठा उम्मेदवारी घोषणासँगै एक सशक्त, समावेशी,पारदर्शी र सहभागी नेतृत्वको खाका प्रस्तुत गरेका छन् । उनले एनआरएनएलाई अब गुटगत सोचभन्दा माथि उठाएर समावेशी र साझा संस्था बनाउनु पर्नेमा जोड दिएका छन् । 
उनले भने, ‘एनआरएनए केवल केही समुदाय र व्यक्तिको नेतृत्वमा सीमित संस्था नभई यो सम्पूर्ण विश्वभर रहेका नेपालीहरूको साझा संस्था हो र यही हाम्रो पहिचान हो । अब सबैको आवाज, सबैको सहभागिता र पारदर्शी कार्यशैलीको खाँचो छ ।’
वहाँ ले विशेषगरी अमेरिकाभरी रहेका अग्रज, युवा, महिला र समुदायप्रेमी शुभेच्छुकहरूलाई लक्षित गर्दै यस्तो अपील गरेका छन् । उनले भने, ‘तपाईंहरूको अमूल्य सुझाव, निरन्तर सहयोग र बहुमूल्य समर्थनले मलाई अघि बढ्ने हौसला मिल्नेछ ।’
उनले आफ्नो उम्मेदवारीलाई केवल पदको आकांक्षा नभई एनआरएनएमा मा काम गरेको लामो अनुभव सहित सकारात्मक रूपान्तरण ल्याउने अवसरको रूपमा प्रस्तुत गरेका छन् । ‘एनआरएनएलाई सबल, उत्तरदायी र जनउत्तरमुखी बनाउनका लागि म तपाईंहरूको साथ र मतको अपेक्षा राख्दछु,’ उनले अपील गर्दै भने । 
बैठाले  वर्तमान समयमा एनआरएनएभित्र देखा परेको गुटबन्दी र नेतृत्वको सिमिता प्रती संकेत गर्दै सबै नेपालीलाई समेट्न सक्ने नेतृत्वको आवश्यकता औँल्याएका छन् । उनले भने, ‘एकता अब विकल्प नभई अपरिहार्य आवश्यकता हो ।’ 
उनले नेपाली डायस्पोराको समृद्धि, पहिचान संरक्षण र सामाजिक समावेशीताका लागि साझा उद्देश्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सत्येन्द्र साह को नेतृत्व मा रहेका प्यानल लाई मतदान गर्न सम्पूर्ण मतदाता लाई आग्रह गर्नु भएका छन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content