स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

"बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा ग्यास सिलिन्डर वितरणमा अनियमितता ,अाम सर्वसाधारण जनतालाई ग्यास दिनेभन्दा अासेपासेलाई दिईएको खुलासा "

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।


"बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा ग्यास सिलिन्डर वितरणमा अनियमितता ,अाम सर्वसाधारण जनतालाई ग्यास दिनेभन्दा अासेपासेलाई दिईएको खुलासा "


देशमा संघीयता अाएको छ ।तर संघीयता टिक्छ कि टिक्दैन प्रश्न उठन थालेका छन् ।जनताले बलिदान गरेर ल्याएको व्यवस्था नै असफल हुन थालेका छन् ।सरकारको नाममा मनमौजी सरकार भएको छ ।राजा महाराज जस्तो काम हुन थालेका छन् ।सानालाई एेन ,ठुलालाई चैन भनेझै अहिले स्थानीय तहको गतिविधि हुन थालेका छन् ।पालिकाको रकमले विकास हुनुभन्दा कार्यकर्ता जोगाउने तथा भोट बैंकिङ्ग जम्मा गर्ने खेल सुरु भएको छ ।बाराको १६ पालिकामा मात्र नभई देशकै सबैभन्दा बढी विवादित हुने पचरौता नगरपालिकामा ग्यास सिलिन्डर काण्ड चुलिएको छ। चुनावको घोषणा भए लगत्तै जगेडामा राखिएको ती योजना अहिले पूरा हुन थालेको छ ।पचरौता नगरपालिकाले नगरलाई धुवाँ रहित नगरपालिका बनाउन ग्यास सिलिन्डर वितरण गर्ने योजना बनाएको भएपनि अहिले कार्यकर्ता पाल्ने योजनाको रुपमा खुलासा भएको पचरौताका स्थानीयबासीहरुले जानकारी दिएका छन् ।पचरौता नगरपालिकाको ९ वटा वडामा ग्यास वितरणको कार्यक्रम रहेको भएपनि हाल केही वडामा मात्र ग्यास वितरण भएको पचरौता वडा नम्बर -६ चिकनीका स्थानीयबासी साधो पटेलले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।ग्यास सिलिन्डर भन्दा अाफ्नै अासेपासेलाई दिने काम भएको अर्का स्थानीयबासी पुनदेव पटेलले बताउनुभयो ।पचरौता नगरपालिकामा अहिले ग्यासको नाममा खिचातानी भएको छ ।जनताको भन्दा अाफ्नो मान्छे वा कार्यकर्ताहरुलाई कसरी रिझाउने त्यहीँ किसिमले ग्यास वितरण गरिएको खुलासा भएको छ ।पचरौता नगरपालिका वडा नम्बर -६ चिकनीमा यति विभेद भएको छ कि समुदाय वा जातिय हिसाबले समेत ग्यास वितरणले स्थानीय सरकार भन्दा भ्रष्टाचारको सरकार अाएको स्थानीय चिकनीका महिलाहरुले बताईन ।पहिला यस्तो हुदैन त्यो तर अहिले कर्मचारीहरुको मनोबल समेत बढेको र जनप्रतिनिधिहरुको ईशारामा काम गर्न थालेको स्थानीय चिकनीबासीको भनाइ रहेको छ ।पचरौता नगरपालिकाको वडा नम्बर -६ मा पटेल समुदायको कुनै घरमा ग्यास दिएको छैन ,दुई दिन लाईनमा बस्दा समेत नाम लिस्ट नभएको र दिन्न नमिल्ने भनेपछि अाफूहरु निराशा भएर अाएको चिकनीका स्थानीय महिला शोभा देवी कुर्मीले बताईन ।पचरौता नगरपालिकामा ग्यास सिलिन्डर वितरणको नाममा अहिले राजनीति सुरु भएको छ ,पुर्वाग्रह राखेर ग्यास वितरणले झन् अाफूहरु शंसकित बनाएको स्थानीय महिला कुर्मीले बताईन ।अाफ्नो पटिदारको ३०/३५ घरधुरीलाई दिएकै छैन अरु गाउँमा थुप्रै बाँकी नै रहेको स्थानीय महिला शोभा देवी कुर्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन।पचरौताको चिकनीमा रघुनाथ सहनी ,बैधनाथ सहनी ,भुलन सिँह ,हैकत गनी ,नरेश साह तेली , सुरेश साह तेली ,ममिल गिरी ,विजय गिरी ,संजय गिरी ,बच्चा गिरी तथा अन्य दलित समुदायलाई समेत ग्यास सिलिन्डर नदिएको घटना बाहिर अाएको छ ।यसले चिकनीमा विभेदपुर्ण ढंगले ग्यास वितरणले स्थानीयबासीमा अाक्रोश पैदा गरेको छ ।दलित बस्तीमा ग्यास नै दिएको छैन ,फाट्टफुट्ट रुपमा अासेपासे दुई चार जनालाई मात्र दिएको चिकनीका स्थानीय दलितहरू श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।ग्यास सिलिन्डरमा विभेद मात्र नभई साजी षड्यन्त्र भएको पकडिया गाविसका पुर्व अध्यक्ष एवं समाजसेवी भिखारी साह रौनियारले बताउनुभयो ।समाजसेवी रौनियारले गाउँमा सबैलाई भन्दा अाफ्नो मान्छेलाई ग्यास  दिएपछि अाफू दुखित भएको समेत बताउनुभयो ।चिकनी गाउँका एक जना अार्थिक अवस्था कमजोर भएका अाशु देव गिरीलाई   अाफ्नै पहलमा ग्यास सिलिन्डर उपलब्ध गराएका छन् । उसको मनोबल बढाउनका लागि अाफ्नै पहलमा ग्यास सिलिन्डर दिईएको समाजसेवी रौनियारले बताउनुभयो।स्थानीय सरकारले यति सम्म विभेद पचरौतामा गर्न थालेको छ कि जातिय राजनीति देखि लिएर अहिले कार्यकर्ता पाल्ने सरकारको रुपमा भएको समाजसेवी रौनियारको भनाइ रहेको छ ।पचरौता नगरपालिकामा ग्यास दिने नाममा अहिले कर्मचारीहरुले कमिसन लिएको समेत खुलासा हुन थालेको छ ।कर्मचारीहरुले निष्पक्ष काम गर्नुको सट्टाको कमिसनको लोभमा पचरौता नगरपालिकामा काम गर्ने गरेको विपक्षी दलका नेता कार्यकर्ताहरुले बताएका छन् ।पचरौता नगरपालिकामा अहिले जंगलराज भएको विपक्षी दलले सार्वजनिक टिप्पणी समेत गर्ने गरेका छन् ।पचरौता नगरपालिका वडा नम्बर -६ चिकनीमा लगभग -६ सय घरधुरीलाई ग्यास वितरण भएको भएपनि अाफूसँग एकिन डाटा नभएको वडा नम्बर -६ का वडाध्यक्ष मोकबुल अंसारीले बताउनुभयो ।चिकनीमा ३०/३५ घर बाँकी रहेको तथा त्यसलाई दिलाउन अाफूले पहल गर्ने वडाध्यक्ष अंसारीले बताउनुभयो ।३० लाख रुपैयाँ वडा राखेर नगर स्तरीय ग्यास वितरण हुन थालेको समेत वडाध्यक्ष मोकबुल अंसारीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।वडा नम्बर -७ बैनौली ,वडा नम्बर -२ बैरिया र वडा नम्बर -१ पिपरपातीमा समेत ग्यास सिलिन्डर अनियमित ढंगले दिईएको स्थानीयबासीहरुले जानकारी दिएका छन् ।पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादवसँग प्रतिक्रिया लिन खोज्दा मोबाइल नम्बर स्वीच अफ भएका कारण प्रतिक्रिया उपलब्ध हुन सकेन  पचरौतामा भएको ग्यास सिलिन्डर वितरण काण्डको सर्वत्र अालोचना हुन थालेको छ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा ग्यास सिलिन्डर वितरणमा अनियमितता ,अाम सर्वसाधारण जनतालाई ग्यास दिनेभन्दा अासेपासेलाई दिईएको खुलासा "
"बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा ग्यास सिलिन्डर वितरणमा अनियमितता ,अाम सर्वसाधारण जनतालाई ग्यास दिनेभन्दा अासेपासेलाई दिईएको खुलासा "
https://blogger.googleusercontent.com/img/a/AVvXsEgf23EqM6HcdFTnjJ06SbyPenrEReHVGihmmqlmdQEc0fST7EWV0QyiqMuhARNpTabFsjmwIP_wzjngrqWTUWseA5PSJKqNblcfVpWGPlhIlisxCuxMh29RCpn12vdQeJQndgVMugxe7RNCvA-28GOxRqONIOcIfxyOlVRpW-9Dtjoj3D0axnCoRB3P9g=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgf23EqM6HcdFTnjJ06SbyPenrEReHVGihmmqlmdQEc0fST7EWV0QyiqMuhARNpTabFsjmwIP_wzjngrqWTUWseA5PSJKqNblcfVpWGPlhIlisxCuxMh29RCpn12vdQeJQndgVMugxe7RNCvA-28GOxRqONIOcIfxyOlVRpW-9Dtjoj3D0axnCoRB3P9g=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_59.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_59.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content