बाराको कलैया उपमहानगरपालिका वडा नम्बर- २६ सिस्वा महेशपुरको रामजानकी मन्दिरको परिसर भित्र हेल्पिङ्ग हैण्ड सोसाइटीका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा रहनु भएको थियो ।
विशिष्ट अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी ,कलैया उपमहानगरपालिका वडा नम्बर -२६ का वडाध्यक्ष एवम् समाजसेवी धर्मेन्द्र प्रसाद यादव
जिल्ला समन्वय समितीको सदस्य ,श्यामबाबु यादव लगायतका रहनु भएको थियो।अतिथिहरुमा समाजसेवी अबिशेख साह
विश्वनाथ प्रसाद यादव
दिलिप साह कलाकार
सुबास मिया अन्सारी
दिलजान मिया अन्सारी
संस्थाका सचिव सुशील कुमार, कोषाध्यक्ष रोहान गुप्ता स-सचिव चन्द्र्शेखार प्रसाद , नगर अध्यक्ष सोनु पटेल अफतब आलम, बिकास ठाकुर, रामबालक कुमार लगायतकाको विशेष सहभागिता रहेको थियो ।वृक्षारोपणले समाज मात्र नभई वातावरणमा पनि राम्रो प्रभाव हुने भएकाले वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुपर्ने अावश्यकता रहेको प्रमुख अतिथि एवम् बाराका प्रमुख जिल्ला अधिकार नवराज सापकोटाले बताउनुभयो।
प्रतिक्रिया