वीरगंज, २६ साउन । वीरगंजको पप्पस् फुड प्रोडक्टमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा मारी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।...
वीरगंज, २६ साउन । वीरगंजको पप्पस् फुड प्रोडक्टमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा मारी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
सो उद्योगले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रावधानविपरीत उत्पादन गरेको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मधेश प्रदेश र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको टोलीले स्थानीय प्रहरी प्रशासन तथा सरोकारवाला निकायको सहभागीतामा वीरगंज महानगरपालिका आदर्शनगरस्थित उद्योगमा छापा मारेको हो ।
खाद्य निरीक्षण अधिकारी श्रवणकुमार साहका अनुसार खाद्य अनुमतिपत्र नलिई बबलगम उत्पादन भइरहेको भन्ने उजुरीपछि उद्योगको स्थलगत निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा उद्योगले लामो समयदेखि आवश्यक अनुमति नलिई बबलगम उत्पादन गर्दै आएको खुलेको उनले बताए । उद्योगले खाद्य अनुमतिपत्र नलिई विगत लामो समयदेखि बबलगम उत्पादन गरेको उनले बताए । टोलीले उद्योगबाट आवश्यक कागजातसमेत नियन्त्रणमा लिएको छ । उद्योगमा रहेको उत्पादन तथा स्टक रोक्का गरी थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
२०७९ देखि २०८३ जेठसम्म उत्पादन अनुसन्धानका क्रममा पप्पस् फुड प्रडक्टले २०७९ सालदेखि २०८३ जेठसम्म बबलगम उत्पादन गरेको खुलेको छ । अशोककुमार अग्रवाल सञ्चालक रहेको उद्योगको व्यवस्थापनमा उनका छोरा अरबिन्द अग्रवाल मुख्य भूमिकामा रहेको बताइएको छ । उद्योगले ‘पप्पस् बनाना’लगायत विभिन्न ब्रान्डका बबलगम उत्पादन गर्दै आएको थियो । खाद्य अनुमतिपत्र नै नलिई खाद्य वस्तु उत्पादन गरेको पाइएपछि उद्योग सञ्चालकमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार फौजदारी कसुरमा कारबाई अघि बढाउने तयारी भइरहेको खाद्य निरीक्षण अधिकारी साहले जानकारी दिए ।

COMMENTS