Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको देवताल गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ ,जनताको काममा खटिने गरे प्रतिबद्धता

 अजय यादव वियोगी  कलैया ,बारा । " बाराको देवताल गाउँपालिकामा  नवनिर्वाचित  जनप्रतिनिधिहरुले लिए शपथ ,जनताको काममा खटिने  गरे प्रतिबद्धत...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको देवताल गाउँपालिकामा  नवनिर्वाचित  जनप्रतिनिधिहरुले लिए शपथ ,जनताको काममा खटिने  गरे प्रतिबद्धता "


बाराको देवताल गाउँपालिकामा नयाँ जनप्रतिनिधिहरुले शपथ लिएका छन् ।बाराको देवताल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष   उदय प्रसाद यादवको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि निर्वाचन अधिकृत सुदर्शन ढकाल रहनुभएको थियो ।विशिष्ट अतिथिहरुमा गाउँपालिकाका उपाध्यक्ष सितापति देवी यादव , प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल ,पूर्व जिविस सभापति प्रयाग राय यादव ,पुर्व जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिँह लगायतका रहनुभएको थियो ।देवताल गाउँपालिकामा रहेका १ देखि ७ वडा  सम्मका वडाध्यक्षहरुलाई


गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले शपथ ग्रहण गराएका छन् ।७ वडामध्ये वडा नम्बर -१ का वडाध्यक्ष ,यूवा नेता एवम् प्रखर वक्ता अरुणकुमार सिँह भोजपुरी भाषामा शपथ लिएका थिए ।बाँकी अन्य ६ वटा वडाध्यक्षहरुले नेपाली भाषामा शपथ लिएका थिए ।७ वडा मध्ये अाफुले छुट्टै पहिचान बनाएको र जनताको भावनाको कदर गर्दे अाफ्नै मातृभाषा भोजपुरी भाषामा शपथ लिई जिल्लामै उत्कृष्ट काम समेत काम गरेको वडा नम्बर -१ का वडाध्यक्ष  एवम् प्रखर वक्ता अरुणकुमार सिँहले  श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।मधेस अान्दोलनबाट उदाएका यूवा नेता हर्षित

हुनुका साथै जनप्रतिनिधि भएर अाएपछि काँधमा थप जिम्मेवारी थपिएकोले जनताको मन जित्ने काम समेत गरिने वडा नम्बर -१ का वडाध्यक्ष एवम् प्रखर वक्ता सिँहले बताउनुभयो ।जनताको सेवाका लागि अाफु तत्पर समेत रहेको समेत युवा नेता एवम् वडा नम्बर -१ का वडाध्यक्ष अरुणकुमार सिँहले बताउनुभयो ।यस्तै देवताल गाउँपालिकामा वडा नम्बर -१ देखि ७ वडा नम्बर सम्मकम महिला सदस्य ,दलित महिला सदस्य ,पहिलो पुरुष सदस्य र दोस्रो पुरुष सदस्य सहितलाई गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवले शपथ ग्रहण गराएका छन्।चुनाव प्रक्रियाबाट अाएका जनप्रतिनिधिहरुले जनताको सेवामा दिनरात काम गरिनेछ भने अाफुले विश्ववास लिएको विशिष्ट अतिथि एवम् पुर्व जिल्ला समन्वय समिति सभापति नवलकिशोर सिँहले बताउनुभयो ।मधेसमा भएका बेथितिलाई हटाउन र देवताललाई देवताल जस्तै नयाँ जनप्रतिनिधिहरु काम गर्ला भन्ने लागेको समेत पुर्व जिसस सभापति सिँहले बताउनुभयो ।नवनिर्वाचित जनप्रतिनिधिहरुलाई  शुभकामना दिदै अागामी दिनमा जनताको सेवक भएर जनताको काम गर्न जनप्रतिनिधिहरुलाई काम गर्न सल्लाह एवम् सुझाव विशिष्ट अतिथि एवम् पुर्व जिविस सभापति प्रयाग राय यादवले बताउनुभयो ।अाफूले ५ पटक गाविसको पालामा चुनाव जितेको र त्यसपछि जिल्ला सभापति समेत जनताकै काम गर्नपछि नपरेको सम्झना गर्दै न्यायोचित ढंगले काम गर्न सम्पूर्ण जनताहरुलाई अाग्रह समेत गर्नुभयो ।देवताल गाउँपालिका वडा नम्बर -४ पिप्राढीका नेता विश्वनाथ सिँहको पाला देखि राजनीति गर्दे अाएको दुवै जनाले जनताको कामको लागि मेहनत गरेको सम्झना गर्दे प्रतिपक्षीलाई समेत साथमा लिई झगडा त्यागी ,जनतामा विकासको लहर ल्याउन र खासगरि शिक्षा ,स्वास्थ्य तथा कृषिमा बढी जोड दिन समेत पुर्व जिविस सभापति यादवले अाग्रह गर्नुभयो  देवताल गाउँपालिकाको कामकाज ईमानदारीताका साथ गर्न अाफू सधैं तयार रहिने देवताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत एवम् विशिष्ट अतिथि वकिल प्रसाद पालले बताउनुभयो ।जनताको काम समयमा नै हुने समेत प्रमुख प्रशासकीय अधिकृत पालले बताउनुभयो ।देवताल गाउँपालिकामा शान्तिपूर्ण ढंगले निर्वाचन गराई नयाँ जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रम बस्दा अाफूलाई खुशी लागेको प्रमुख अतिथि एवम् निर्वाचन अधिकृत सुदर्शन ढकालले बताउनुभयो ।पहिला महोत्तरी जिल्लामा खटिएको भएपनि के -कसरी बारामा खटि देवताल गाउँपालिकामा निर्वाचन अधिकृतको परि स्थानीय तहको चुनाव वैशाख ३० गतेको चुनाव भयरहित वातावरणमा गराई नयाँ जनप्रतिनिधिहरु समेत अाई सकेको बाँकी रहेका केही जनप्रतिनिधिहरुका लागि प्रक्रिया समेत सुरु भईसकेको प्रमुख अतिथि एवम् निर्वाचन अधिकृत सुदर्शन ढकालले बताउनुभयो ।देवताल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उदय प्रसाद यादवले  देवताल गाउँपालिकामा रहेका प्रहरी चौकीका ईन्चार्ज नेपाल प्रहरीका  असई ,सशस्त्र प्रहरीका प्रहरी निरिक्षक ,विभिन्न व्यक्तित्व तथा पत्रकारहरुलाई दोसाल्ला अोढाई सम्मान समेत गरेका छन् ।जनताले अाफूलाई मत दिएर विश्वास गरेको र अाफू युवा भएकाले जनताको काम गर्न कुनै किसिमको कन्जुस्याइँ नगर्ने गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले बताउनुभयो ।जनताको घरदैलोमा नै उजुरी पेटिका राखिने र त्यहीँ उजुरीपेटिकाको अाधारमा जनताको काम समेत हुने गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।अाफूलाई कुरामा नभई काममा विश्वास गरिने भएकाले अबको ५ बर्षको यात्रा सँगसँगै बिताउने भएकाले जनताको हरेक दुखसुखमा समेत रहने गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवले बताउनुभयो ।शपथ ग्रहण कार्यक्रममा पालिकाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन पालिकाका कर्मचारी राजिव प्रसाद गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content