Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" २०अौ राष्ट्रिय धान दिवस २०८० पचरौता नगरपालिकामा भव्य रुपमा सम्पन्न "

अजय यादव वियोगी  कलैया ,बारा । " २०अौ राष्ट्रिय धान दिवस २०८० पचरौता नगरपालिकामा भव्य रुपमा सम्पन्न "     जलवायु अनुकुलित कृषक मैत...
अजय यादव वियोगी 
कलैया ,बारा ।
" २०अौ राष्ट्रिय धान दिवस २०८० पचरौता नगरपालिकामा भव्य रुपमा सम्पन्न " 


  


जलवायु अनुकुलित कृषक मैत्री प्रविधि ,धान उत्पादनमा वृद्धि नाराका साथ देशभरि अाषाढ १५ गते धान दिवस सम्पन्न भएको हो ।बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकाले पनि २०८० सालको धान दिवस भव्य रुपमा मनाएका छन ।किसानहरुको मनोबल उच्च राख्न कृषि पेशालाई मजबुत बनाउनको निमित्त अाषाढ १५ गतेका दिन पालिकाबाट दिवस मनाईएको हो ।पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह नेतृत्वको रहेको टोली खेतमै पुगि रोपाइँ गरेका छन् ।धान दिवसको अवसरमा भएको रोपाइँ कार्यक्रममा पचरौता नगरपालिकाका ,प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र ,वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मीप्रसाद यादव ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक प्रसाद पटेल ,वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन ,शिक्षा शाखाका सह-संयोजक मुकेश कुमार सिँह ,पालिकाका कर्मचारी ,अाम किसान लगायतको उपस्थितिमा राष्ट्रिय धान दिवस मनाईएको पचरौता नगरपालिकाले जानकारी दिएका छन् ।खेतमा रोपाइँ गर्दै पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले भने अाफू कृषिकै क्षेत्रबाट अाएकोले कृषिलाई मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताउनुभयो।किसानको मर्का अाफूलाई थाहा भएको र अाफू किसानकै पृष्ठभूमिबाट अाएकाले अबको दिनमा पचरौता नगरपालिकाका किसानहरुलाई सहज र सरल ढंगले खेती गर्नको विभिन्न योजनाहरुले पनि ल्याएको बताउनुभयो।माछाको क्षेत्रमा सुपरजोन लागू गराउन अाफूले गरेको त्यो अथक प्रयास जस्तै धानका लागि केही नयाँ रणनीतिका साथ योजनाहरु यसैपालि देखि लागू गर्ने योजना रहेको  बताउनुभयो।भारतको पुर्वी चम्पारणको गुलरिया देखि हुलाकी राजमार्ग लंगडा चौक सम्म पालिकाकै ९ वटा वडाकै विभिन्न क्षेत्रमा स्टेट बोरिङ ,विधुतिकरण तथा सिंचाई कुलो कल्भर्टको लागि  योजनाहरुले ल्याएको बताउनुभयो।अाषाढ १५ गते मात्र नभई अाफू पनि माछा कृषक भएका नाता किसानको हमेशा दर्द बुझेको सोही अनुरुप पचरौता नगरपालिकाबाट किसानका लागि दिने सहुलियत पनि उपलब्ध गराउनको निमित्त कटिबद्ध रहेको बताउनुभयो ।अाकाशे पानीको भरमा खेती हुँदै अाएको यसपालि पानीको समस्या भएका कारण सो सम्बन्ध पालिका व्यापक छलफल गरि किसानको खेत सम्म कसरी सिंचाइ पुर्याउन सकिने सोही बिषय सरोकारवाला छलफल गरिएको पनि वहाँले रोपाइँको अवसरमा बताउनुभयो।राष्ट्रिय धान दिवसले किसानमा उर्जा प्रदान गर्नुको साथै किसानको बस्तुस्थिती बुझ्न सहज हुने पनि वक्ताहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।बेनौली ,बेलदारी ,पिपरपाती ,कुडवा र बाजोपट्टीका जनताले नयाँ मेयर अाएपछि राहत महशुस गरेको पनि किसान दिनेश साहले बताउनुभयो।पचरौता नगरपालिका कृषिमा फड्को मार्दे गएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content