बिरगंज , पर्सा
असोज ३१ गते ।
जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारको छापा, घुसको रकम सहित संजय कुमार यादव पक्राउ
जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारले छापा मारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको हो । घुस माग गरेको सेवाग्राहीको गुनासोपछि आएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग माग गरेको ५ हजार घुस रकमसहित यादवलाई फेला पारेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार अख्तियारको टोलीले अँझै मुद्दा शाखाका कागजात परीक्षण गरीरहेको छ ।
प्रतिक्रिया