Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेस प्रदेशमै बाराको पचरौता नगरपालिका छात्रवृत्ति प्रदान गरेर उत्कृष्ट बन्न सफल "

अजय यादव  "वियोगी " कलैया ,बारा "मधेस प्रदेशमै बाराको पचरौता नगरपालिका छात्रवृत्ति प्रदान  गरेर उत्कृष्ट बन्न सफल " बारा...
अजय यादव


 "वियोगी "
कलैया ,बारा "मधेस प्रदेशमै बाराको पचरौता नगरपालिका छात्रवृत्ति प्रदान  गरेर उत्कृष्ट बन्न सफल "
बारा जिल्लाकै उत्कृष्ट पालिका पचरौता नगरपालिका मधेस प्रदेशमै सबैभन्दा बढी छात्रवृत्ति प्रदान गरेर मधेस प्रदेशकै उत्कृष्ट पालिका बन्न सफल भएका छन् ।जिल्लाकै उत्कृष्ट मेयर एवम्  प्रखर वक्ता जलन्धर सिँह प्रदेशकै उत्कृष्ट मेयर बन्न सफल भएका हुन।पचरौता नगरपालिकाले असार ३१ गते पालिकामा भव्य कार्यक्रम गरेर पालिका अध्ययनरत बिधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन।पचरौता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त राज जोशीको अध्यक्ष्ातामा भएको छात्रवृत्ति कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह रहनु भएको थियो ।विशिष्ट अतिथिहरु नगरपालिकाकि उप प्रमुख नसिमा खातुन ,शिक्षा प्रेमी प्रभु ठाकुर र पचरौता नगरपालिकाका शिक्षा शाखा सह-संयोजक मुकेश कुमार पटेल रहनु भएको थियो ।पचरौता नगरपालिकामा रहेका विभिन्न विधालयमा अध्ययनरत रहेका ६४ जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको पचरौता नगरपालिकाका शिक्षा शाखा सह संयोजक मुकेश कुमार पटेलले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई बताउनुभयो।कुल रकम ३८ लाख ४० हजार १ सय ५९ रुपैयाँ  (३८,४०,१५९)  प्रदान गरिएको शिक्षा सह -संयोजक पटेलले बताउनुभयो।प्राविधिक तथा कक्षा ११ र १२ मा अध्ययनरत बिधार्थीहरुको मनोबल उच्च बनाई राख्न यति ठुलो मात्रामा छात्रवृत्ति प्रदान गरिएको पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् पालिका प्रवक्ता लक्ष्मी यादवले बताउनुभयो ।शिक्षामा मुल सुधार हुनुपर्ने र शिक्षामा सबैको पहुँच पुर्याउनको निम्ति नै पचरौता भरिका बिधार्थी भाई बहिनीहरुलाई छात्रवृत्ति दिएर सहयोग गरेको थप रणनीति बनाएर सहयोग गर्ने लक्ष्य बनाएको कार्यक्रमका प्रमुख अतिथि एवम् मधेस प्रदेशकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले बताउनुभयो ।छोरी बुहारीहरुले स्नातक सम्म अध्ययन पुरा गरे पालिकाबाट ल्यापटप सहित सम्मान गर्ने रणनीति बनाएको समेत उद्घघोष गर्नुभयो ।महिला साक्षरता दर बढाउनका लागि पचरौता नगरपालिका जस्तोसुकै कदम चाल्न सक्ने पनि प्रमुख अतिथि एवम्  नगर प्रमुख सिँहले बताउनुभयो।अाफू देशकै त्रिभुवन विश्वविद्यालय पछिको बिरगंजमा रहेको ठाकुरराम क्याम्पसमा बिधार्थी नेता हुँदाको बखत आफुले देखे ,भोगेको र जानेको कुराले अहिलेका बिधार्थीलाई मार पर्न नदिनका लागि विभिन्न स्किमहरु पचरौता नगरपालिकाले ल्याउने पनि वहाँले बताउनुभयो ।बिधार्थी देशका कर्णधार हुन ,शिक्षा सुधार भए पालिकाको विकासमा अथक टेवा पुग्ने पनि वहाँले बताउनुभयो ।पचरौता नगरपालिकालाई कृषि ,शिक्षा हब बनाउनका लागि अाफ्नो गुरुयोजना समेत रहेको केन्द्र ,प्रदेश र स्थानीय तहबाट हुने सहयोग सबै ,सुविधा उपलब्ध गराएर राम्रो बनाउने तर्फ बढने पनि वहाँले बताउनुभयो ।मधेस प्रदेशमै पहिलो नगरपालिका पचरौता नगरपालिकले एमबिबिएस( MBBS) पढनेलाई छात्रवृत्ति प्रदान गर्दे अाएका हुन।पचरौता नगरपालिकाले देश भरि नै सुशासन को प्रत्याभूति गराउन  र नागरिकको हक अधिकार मनन गरेर काम गर्ने गरेको पनि पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त राज जोशीले बताउनुभयो।कार्यक्रममा शिक्षा प्रेमी ,बुद्धिजीवी ,समाजसेवी ,पत्रकार तथा अन्य सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रम का सञ्चालन पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् प्रवक्ता लक्ष्मी यादवले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content