Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगञ्जमा रास्वपाले खोज्यो  " आर्थिक मन्दिको अर्थ राजनीतिक निकास "

बीरगञ्ज २१ भदौ।  राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक मन्दिको अर्थ राजनीतिक निकास खोज्न मुलुककै आर्थिक राजधानी बिरगंज आइपुगेको छ ।  मुलुककै  आर...


बीरगञ्ज २१ भदौ।
 राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक मन्दिको अर्थ राजनीतिक निकास खोज्न मुलुककै आर्थिक राजधानी बिरगंज आइपुगेको छ ।  मुलुककै  आर्थिक नगरि हरुमा अर्थ नीति मन्थन गर्ने पार्टी नीति अनुसार आज राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बिरगंजमा बिरगंज र मधेस प्रदेशकै उद्योग बाणिज्य संघका प्रतिनिधि , अर्थ बिश्लेशक  र याहाका विभिन्न  ब्यबसायिक संघ संस्थाका प्रतिनिधिहरु लाई भेला गरेर " आर्थिक मन्दी र अर्थ राजनिक निकास " बिषयक अन्तरक्रीया कार्यक्रम गरेर  यसको समाधानका लागि सुझाव संकलन गरेको छ ।  

पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेको उपस्थितमा सम्पन्न उक्त कार्यक्रममा डा वाग्लेले पुराना राजनीतिक सल हरुले मुलुकलाई आर्थिक निकास दिन नसक्ने बताए । उनले ८४ मा आफ्नु पार्टीको सरकार बने एक पटक जोखिम मोलेर भए पनि  देशको आर्थिक समरचना नै उल्ट्याएर बैज्ञानिक र मुलुक सम्मत हुने गरि नयाँ आर्थिक र राजस्व निती ल्याएर देशको कायापलट गर्ने बताए ।

उनले आर्थिक गतिविधि तीव्र बनाउँदा मात्र आर्थिक संकट समाधान हुने बताए । 


रास्वपा पर्सा सभापति हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका  बिशिष्ट अतिथि मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्यले पनि आर्थिक मन्दीको समयमा शिक्षा क्षेत्रको भूमिकाबारे चर्चा गर्दै, उद्यमशीलता र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले औद्योगिक क्षेत्रका समस्या र चुनौतीहरू प्रस्तुत गर्दै, नीतिगत सुधारको आवश्यकतामाथि प्रकाश पारे ।
साथै निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुवोध कुमार गुप्ता लगायतले वीरगञ्जको आर्थिक गतिविधि, औद्योगिक समस्याहरू र सम्भावनाबारे चर्चा गरे।

कार्यक्रममा बरिष्ठ उद्योगी जगदिश अग्रवालले वीरगञ्जलाई सरकारको नीति निर्माणमा महत्त्वपूर्ण स्थान दिनुपर्ने माग गरे। अग्रवालले भने, "वीरगञ्ज औद्योगिक हबको रूपमा चिनिएको भए पनि यहाँका उद्योगीहरूलाई सहयोग नपाउँदा चुनौती थपिएका छन्। सरकारले यहाँका उद्यमीहरूलाई साथ दिने नीति बनाउनुपर्छ।"

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्राध्यापक डा. प्रमोद सर्राफ, विश्लेषक बिनोद गुप्ता, अर्थविद् डा. दिपेन्द्र चौधरी लगायतले पनि आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका विविध मुद्दाहरूमा आफ्नो भनाई राखे। वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय माधव राजपाल र मनोज दास, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, पत्रकार ध्रुव साह, पत्रकार राजु श्रेष्ठ लगायतले विभिन्न क्षेत्रका समस्या उजागर गर्दै सुझाव दिए।

कार्यक्रममा पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले वीरगञ्जलाई व्यवसायिक नगरी भनिए पनि सरकारको दृष्टिकोण नफेरिएको र यहाँका नागरिकहरूले पनि सरकारको प्रभावकारी काम देख्न नसकेको बताए। पन्तले भने, "वीरगञ्जजस्तो प्रमुख नगरीले सरकारबाट कुनै ठोस सहयोग पाउन नसकेको छ, यसकारण यहाँका व्यवसायिक र आर्थिक चुनौतीहरूको समाधानका लागि निरन्तर बहस र छलफल आवश्यक छ।"

रास्वपाका अभियान तथा प्रचारप्रसार विभाग मधेश प्रदेशका प्रमुख राम सर्राफले स्वागत मन्तव्य दिएका थिए भने, कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए।कार्यक्रमको अन्त्यमा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले धन्यवाद ज्ञापन गरेका थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content