Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पूर्वराजाको सन्देशको समर्थनमा विभिन्न संघसंस्थाद्वारा ऐक्यबद्धता

वीरगंज, २२ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत एवं समर्थनमा विभिन्न संघ–संगठनहरुले ऐक्यबद्...

वीरगंज, २२ फागुन ।
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत एवं समर्थनमा विभिन्न संघ–संगठनहरुले ऐक्यबद्धता जनाउन थालेका छन् ।

यही फागुन २४ गते राष्ट्रिय नागरिक संघर्ष समितिले पूर्वराजाको समर्थनमा वीरगंजमा आयोजना गर्न लागेको मोटरसाइकल र्याली तथा  आमसभामा विभिन्न राजनीतिक दल, संघसंस्थाहरूले समर्थनसहित सहभागिता जनाउन थालेका छन् ।  

फागुन २४ गते वीरगंजमा राष्ट्रिय नागरिक संघर्ष समिति, पर्सा आयोजना र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा सह–आयोजनामा मोटरसाइकल -याली र आमसभा आयोजना गर्ने र सो ¥यालीमा लौरो अभियान, नेपाली कांग्रेस (बिपी), अन्तर्राष्ट्रिय हिन्दू परिषद, स्वतन्त्र नागरिक बचाउ अभियान, बजरङ्ग दल, नेपाल–भारत हिन्दूमैत्री समाज, २०४७ को संविधान हाम्रो अभियान, धर्म निरपेक्षता खारेजी अभियान, राष्ट्रिय जागरण अभियानले ऐक्यबद्धता जनाएको हो ।
 
वीरगंजमा हुने आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवल शमशेर, नेकपा मालेका महासचिव सि.पी. मैनाली, शास्त्रदत्त पन्त, डा के.बी रोकाय, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंह, प्रवक्ता हीरा बहादुर चन्द, राप्रपाकी सांसद वीणा जयसवाललगायतका वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका प्रचार प्रसार प्रमुख मानव सेवकले बताएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content