अजय यादव वियोगी
कलैया ,बारा ।
बारामा अहिले विभिन्न घटनाले बाराबासी चिन्तित बन्दै गएका छन् ।पछिल्लो समय बारामा भएको गतिविधिले विभिन्न घटना हुन सक्ने अाँकलन गर्न थालिएको हो ।बाराको १६ पालिकामा भईरहेको काम प्रति जनताको चाँसो बढदै गएका छन् ।स्थानीय तहसँगै जनता शान्तिको अनुभति गर्न सकेका छैन ।बारामा विभिन्न अपराधिक घटना ,राजनीति घटना ,सामाजिक घटना तथा आर्थिक घटनाले बाराबासी भयभित हुनुको साथै त्रसित बनेका हुन ।नागरिक समाज बाराले पनि विभिन्न घटनाको बारेमा बोल्न सकेका छैन ।त्यसैेले अहिले जनता दिग्रभमित हुन पुगेको युवा नेता अशोककुमार यादवले श्री गढीमाई राष्ट्रियलाई बताउनुभयो ।बारा जिल्ला ११९० वर्गकिलोमिटरमा फैलिएको हो ।हावापानी उष्ण र उपाष्ण हुने गरेको ठाउँमा जनताले भौतिक सुविधा प्राप्त गरेका छन् ।बारा जिल्लालाई ऐतिहासिक एवम् पुरातात्त्विक जिल्लाको रुपमा चिन्ने गरिन्छ ।महागढीमाई नगरपालिकामा विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिर ,सिम्रौनगढमा कंकाली र रानीवास मन्दिरले दुनियाँमा पहिचान बनाएको हो।बारा जिल्लाको ऐतिहासिक ,पुरातात्त्विक र पर्यटकीय गन्तव्य भएका ,गढीमाई मन्दिर ,बरियारपुर ,कंकाली र रानीवास मन्दिर सिम्रौनगढ ,ईशा अर्थात झरोखर पोखरी सिम्रौनगढ ,चुरियामाई मन्दिर अमलेखगञ्ज ,जितपुरमा रहेको गढीमाई मन्दिर स्वरुप (सानो ),सनुखियामाई अर्थात पलकियामाई सिम्रौनगढ,ऐतिहासिक हलखोरिया दह (जसले अहिले बारा निर्वाचन क्षेत्र नम्बर -३ मा हलखोरिया वन व्यवस्थापन समितिले जिवित बनाएको ),सहजनाथ मन्दिर काँटघाट कोल्हबी ,सिद्धेश्वर संस्कृत मावि ,बारागढी ,कोईलामान हरिहरपुर सिम्रौनगढ,पथ्तर पिलर अादर्श कोतवाल ,काटमासी माई तेलगाई ,पचरौता नगरपालिकाको भिखना पोखरा लगायतको ठाउँ प्रसिद्ध रहेका छन्।यसरी जिल्लामा धेरै पर्यटकीय स्थल भएपनि सम्बन्धित निकायले काम नगर्दा अोझेलमा परेको बाराका अगुवाहरुले बताएका छन् ।बाराको १६ पालिका मध्ये २ पालिका उपमहानगरपालिका ,५ नगरपालिका र ९ गाउँपालिकाहरु रहेका छन।जसमध्ये १६ पालिका मध्ये उत्कृष्ट पालिका पचरौता नगरपालिका र जिल्लाकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले जिल्लामा सबै ईमानदार भएर काम गर्न थाले जिल्लाको मुहार फेर्न समय नलाग्ने बताउनुभयो।पचरौता नगरपालिकामा भएको विभिन्न कामको उदाहरण दिदै अापसमा विवाद भए काम हुन नसक्ने भएकाले पहिलो कामलाई प्राथमिक दिएकाले पचरौता नगरपालिकाको शिक्षा ,स्वास्थ्य ,भौतिक पुर्वाधारमा फड्को मारेको बताउनुभयो ।अहिले नगरपालिकाको भवन बनाउनको निमित्त विभिन्न काम भईरहेको उत्कृष्ट मेयर सिँहले बताउनुभयो।बारामा प्रसिद्ध नदीहरुको संरक्षण गर्न विभिन्न सरकारी निकायले प्रयास गरेपनि विभिन्न ठाउँ पुल ,पुलेसा बनाउन सकेका छैन ।जैतापुरबाट मधुवन अाउने क्रममा पसाहा नदीमा पुल नहुँदा सास्ती खेप्नु पर्ने बर्षो देखि जनताले व्यहोर्नुपर्ने भएकाले सम्बन्धित सबैको ध्यानाकर्षण हुनु पर्नेमा स्थानीयबासीहरुले जोड दिएका छन् ।बाराको जितपुर सिमरा उपमहानगरपालिकाले केही गर्न सकेका छैन ।जिल्लाकै विवादित गाउँपालिका देवताल गाउँपालिकाले पनि जनताको लागि केही गर्न सकेका छैन।बाराको २ उपमहानगरपालिका ,जितपुर सिमरा र कलैया उपमहानगरपालिका ,५ नगरपालिका सिम्रौनगढ ,पचरौता कोल्हबी ,निजगढ ,महागढीमाई रहेका छन् ।त्यस्तै ९ गाउँपालिकाहरुमा सुवर्ण गाउँपालिका ,,फेटा गाउँपालिका ,विश्रामपुर गाउँपालिका ,प्रसौनी गाउँपालिका ,परवानीपुर गाउँपालिका ,करैयाामाई गाउँपालिका ,बारागढी गाउँपालिका ,अादर्श कोतवाल गाउँपालिका र सबैभन्दा बढी विवादित गाउँपालिका देवताल गाउँपालिका रहेका छन् ।बारा जिल्लामा सबैभन्दा बढी हिन्दू धर्म ,त्यसपछि ईस्लाम धर्म ,बुद्ध धर्म लगायतका धर्म मान्ने समुदाय व्यक्तिहरु रहेका छन्।बारामा जात,जातिको अनुसार बढीमा यादव ,मुस्लिम ,थारू ,कानु ,कोईरी ,कुशवाहा ,चमार/हरिजन ,ब्राह्मण ,तेली ,कुर्मी ,कलवार ,धानुक /मण्डल ,मलाह ,बिन ,कुम्हार ,मुसहर ,नुनिया,धोबी ,लोहार ,सोनार ,तत्मा /तत्वा ,राजपुत ,माँझी ,कायस्थ ,माली ,डोम ,नेटुवा ,हलुवाई लगायतका रहेका छन् ।सबै धर्मप्रति अास्था राख्ने जिल्लाबासीलाई कसैले राजनीति भाषाको रुपमा जति उचाले पनि जनता सजग र सतर्क बन्दै अाएकाले केही विवाद नभएको ईतिहास ,नजिर रहेको छ।
प्रतिक्रिया