अजय यादव "वियोगी"
कलैया ,बारा ।
न्न "
बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१बरियारपुरमा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरको २०८१ को पञ्च बर्षिय मेलाको सुरुवात गर्न असोज १७ गते अर्थात बडा दशैँको पहिलो दिन देखि नै भव्य शोभा यात्रा निकालिएको हो ।पञ्चबर्षिय गढीमाई मेला मुल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव उर्फ (उपन ) को नेतृत्वमा रहेको शोभा यात्राले मन्दिर प्राङ्गणबाट सुरु भई कलैया हुदै गञ्जभवानी भई पु:न मन्दिरमा आई समापन भएको थियो ।हजारौं भक्तजनको उपस्थितिमा सो शोभा यात्रा निकालिएको मेला मुल समितिले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।हात्ती ,घोडा ,उँट ,बाजागाजा सहित विभिन्न रथ मार्फत शोभा यात्रा निकालिएको थियो।शोभा यात्रामा विभिन्न संघ ,संस्था ,विधालय तथा बाराका अधिकाँश जनताको सहभागिता रहेको थियो।मेला यहीँ मंसिरबाट सुरु हुने भएको छ ।शोभा यात्रामा श्री गढीमाई मन्दिरका मुलपुजारी मंगल चौधरी ,शिव चौधरी लगायतका विशेष उपस्थिति रहेको थियो ।सुरक्षा व्यवस्था मजबुत बनाई सो शोभा यात्रा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएका छन्।शोभा यात्रामा बाराका उत्कृष्ट एवम् पचरौता नगरपालिकाका मेयर जलन्धर सिँह ,पचरौता नगरपालिका -५ का वडाध्यक्ष एवम् प्रवक्ता लक्ष्मी यादव ,शिक्षा सह-संयोजक मुकेश कुमार पटेल लगायतका विशेष उपस्थिति रहेको थियो ।यस्तै बाराका युवा नेता अशोककुमार यादव,नेपाली काँग्रेसका बाराका सचिवद्वय राजेश रौनियार ,भैयाराम यादव ,महागढीमाई नगरपालिकाका समाजसेवी ,बुद्धिजीवी तथा अन्य सबै सरोकारवालाहरु उपस्थिति रहेको थियो ।
प्रतिक्रिया