अजय यादव वियोगी
बारामा अहिले किसानहरु उखु काटन थालेका छन ।बाराको १६ पालिकाका अधिकाँश गाउँका किसानहरुले उखु लोड गरि रिलायन्स सुगर चिनी मिल मनहर्वा लग्ने गरेका छन् ।उखु काटेर मिल सम्म पुर्याए पनि भाउ नतोक्दा किसानहरु चिन्तित बन्दै गएको बाराको सुवर्ण गाउँपालिकाका अगुवा किसान अशोककुमार यादवले बताउनुभयो ।किसान नै सधैं मारमा रहने गरेको अहिले पुनः किसानमा मारमा परेको अगुवा किसान यादवले बताउनुभयो ।बारामा उखु खेती तर्फ आकर्षित बन्दै गएको बेला मुल्यको चिन्ताले किसानले दुखेसो पोख्ने गरेका छन् ।बाराको कलैया उपमहानगरपालिका ,जितपुर सिमारा उपमहानगरपालिका ,महागढीमाई नगरपालिका ,सिम्रौनगढ नगरपालिका ,सुवर्ण गाउँपालिका ,विश्रामपुर गाउँपालिका लगायतको पालिकाको किसानले अहिले धमाधम चलान लिएर मिल सम्म उखु पुर्याउने गरेका छन् ।३-४ दिन सम्म लाईनमा बसेर उखु काँटा हुने गरेको अर्का किसान दिपेन्द्र प्रसाद साहले बताउनुभयो ।उखु काटेर मिल सम्म पुर्याएपनि एकैचोटि धेरै चलान छोडेका धेरै समस्या हुने गरेको किसान साहले बताउनुभयो ।बारामा अहिले धेरै किसान उखु खेती गर्न लागेको भएपनि उखुमा धेरै समस्या हुने गरेको सिम्रौनगढका किसान उमेश कुमार गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया