Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

धारिलो हतियारबाट रौतहटमा युवकको हत्या

रौतहट, २९ असार । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ। आफ्नो घरभित्र ...

रौतहट, २९ असार । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ। आफ्नो घरभित्र सुतिरहेका देवाही गोनाही ६ कर्कच कर्मैयाका  ब्रह्मदेव साहको छोरा अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इनस्पेक्टर गोविन्द कुमार साहका अनुसार घटना गए राति ११ र १२ बजेको बीचमा भएको हो । घटना पछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि गए राति दुर्ई बजेर १५ मिनेटमा खबर गर्नासाथ हामी घटना स्थल कर्कच गाउँँमा पुगेको इनस्पेक्टर साहले बताए।

घटनावारे पहिलो जानकारी पाएकी मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा विस्तृतमा सोधपुछ गर्न नसकेको इनस्पेक्टर साहले जानकारी दिए । यसैबीच घटनास्थल कर्कच कर्मैयामा केही बेर अघि मात्र पुगेका इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालीम प्राप्त कुकुर मगाएको बताए। 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content