Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सामा चटयाङ लागेर एकजनाको मृत्यु, तीनजना घाइते

वीरगंज, १० असोज ।  पर्सामा सोमवार बिहान चटयाङ लागेर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय, पर्साका अ...

वीरगंज, १० असोज । 
पर्सामा सोमवार बिहान चटयाङ लागेर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार आज बिहान ६ः३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोक स्थित छठिमाई पोखरीमा चटयाङ खस्दा वर्ष १५ को सिद्दान्त उपाध्यायको मृत्यु भएको छ भने दुईजनाको उपचार भइरहेको छ । 
वीरगंज महानगरपालिका वडा नं. २ बस्ने राम प्रसाद उपाध्यायको छोरा वर्ष १५ को सिद्दान्त उपाध्यायको चटयाङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी साविर हुसेनकी श्रीमती वर्ष २९ की कुलनेसा खातुन र वडा नं. ४ बस्ने भिखारी राउतको छोरा वर्ष १३ को अर्जुन राउत घाइते भएका छन् । घाइतेमध्ये कुलनेसाको अवस्था सामान्य छ भने अर्जुनको अवस्था गम्भीर छ । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसैगरी पर्साको विन्दवासिनी गा.पा. वडा नं. ४ अमरपट्टि बस्ने वर्ष २६ को कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागी घाइते भएको प्रहरीले जनाएको छ । घाइते दासको उपचार नारायणी अस्पतालमा भइरहेको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content