Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंज–२२ र २३ को अतिक्रमण हटाएर सडक निर्माण शुरु

वीरगंज, २६ जेठ/ वीरगञ्ज महानगरपालिकाले वडा नम्वर २२ र २३ का विभिन्न स्थानमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरेर निर्माण गरेको संरचना शुक्रवा...

वीरगंज, २६ जेठ/
वीरगञ्ज महानगरपालिकाले वडा नम्वर २२ र २३ का विभिन्न स्थानमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरेर निर्माण गरेको संरचना शुक्रवार डोजर लगाएर हटाएको छ ।


महानगरले वडा नम्वर २२ जगरनाथपुरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको संरचना हटाउँदै हटाइएको जग्गामा सडक निर्माणको कार्य अघि बढाएको छ । सडकको जग्गा मिचेर बनाएको संरचना हटाउँदै सडक फराकिलो बनाइएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।


यस्तै आजै वडा नम्वर २३ सबैठवामा पनि अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाइएको छ ।


महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अहिले ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने अभियान नै चलेको छ । सोही अनुसार आज एकै दिन २ वटा वडामा अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो ।

अतिक्रमण हटाउन नापजाँच गरेर पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि शुक्रवार महानगरको टोलीले आफैं डोजर लगाएर अतिक्रमण हटाएको हो ।
अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content