Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिकामा बिधार्थीको आन्दोलन माथि प्रहरी द्वारा आँशु ग्याँस तथा हवाई फायर ,भिड नियन्त्रण गर्न यस्तो कदम चाल्नुपरेको प्रजिअ नवराज सापकोटाको भनाई "

अजय यादव वियोगी   कलैया ,बारा  "बाराको सुवर्ण गाउँपालिकामा बिधार्थीको आन्दोलन माथि प्रहरी द्वारा आँशु ग्याँस तथा हवाई फायर ,भिड नियन्त्...
अजय यादव वियोगी  
कलैया ,बारा 
"बाराको सुवर्ण गाउँपालिकामा बिधार्थीको आन्दोलन माथि प्रहरी द्वारा आँशु ग्याँस तथा हवाई फायर ,भिड नियन्त्रण गर्न यस्तो कदम चाल्नुपरेको प्रजिअ नवराज सापकोटाको भनाई " 


  


देशको माटोलाई बिर्सने मानिस ज्युँदै भएपनि मरे सरह हुन्छ।राज्य एक अमूर्त संस्था हो र सरकार यस  संस्थाको एक मूर्त अंग हो।तर ठिक विपरीत हुन गईरहेको छ।बाराको सुवर्ण गाउँपालिकामा हिजो महाभारतको दृश्य जस्तो देखिएको थियो ।कौरव र पाण्डवबिचको लडाइँ भएजस्तै कलिला बिधार्थी र प्रहरी बीच घमसान झडप भएको थियो ।बिधार्थी प्रधानाध्यापकको सरुवा रोक्न माँग गरेको र पालिकाले वेवास्ता गरेको भन्दै अाक्रोशित बनेका बिधार्थीहरुलाई झन् अाक्रोशित बनाउने काम पालिका द्वारा भएपछि बिधार्थीहरुले त्यसको प्रतिवाद गरेको बताईएको छ।  सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले सोमबार विधालयमा अाई समस्या समाधान गर्ने प्रतिबद्धता गरेपनि त्यसको अगाडि प्रधानाध्यापकको सरुवा गरेको भन्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय हर्दिया ,अौरैयाका बिधार्थीहरु शान्तिपूर्ण अान्दोलन गर्न बाध्य भएपनि राज्य शक्तिको प्रयोग प्रतिवाद भएको हो सुवर्ण शिक्षा समितिको जेठ ३ गतेको सरुवाको निर्णय कार्यान्वयन गर्न हतार मात्र नभई अाफूहरुले गरेको सबै निर्णय बाध्यतम ढंगले मान्नुपर्ने उर्दि नै जारी गरेको वक्तव्य अध्यक्ष यादवको बाहिर अाएपछि बिधार्थीहरु जोश अाएको स्वयम् श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा पढ्ने बिधार्थीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।कक्षा -१० मा पढ्ने बिधार्थी मुनिफ यादवले भने शुक्रबार नै प्रधानाध्यापक रामएकबाल प्रसाद साहको सरुवा भएको भन्ने जानकारी अाएपछि सबै बिधार्थी सोही सरलाई राख्न अाग्रह  गरेका थियो,वडा नम्बर -४ का वडाध्यक्ष लगायत सबैलाई जानकारी भएपनि बदनियत पुर्ण ढंगले अाईतबार नै प्रधानाध्यापक साहलाई सरुवाको बुझाएको चाल पाएपछि बिधार्थीहरुमा अाक्रोश पैदा भएको पनि बिधार्थी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।सोमबार पढ्न गएका सबै बिधार्थीहरुले सो बिषयमा जानकारी राख्दा कसैले जानकारी नदिएको अर्का बिधार्थी संदेश कुमार  यादवले बताउनुभयो।शान्तिपूर्ण ढंगले अान्दोलन गर्न लाग्दा एक्कासि पालिकामा बिधार्थी माथि केही सत्ता पक्षकै मान्छे जाई लागेपछि बिधार्थीहरु प्रतिवादमा उत्रेको अर्का बिधार्थी वकिल यादवले बताउनुभयो।बिधार्थीहरुले माँगेको माँग अाफ्नो चरित्र ठूलो भएको भन्दै पालिकाले वेवस्ता गर्न खोज्दा बिधार्थी र प्रहरी बिच दोहोरो झडप हुन पुगेको प्रत्यक्षदर्शीहरुले श्री  गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।प्रहरी र बिधार्थी बिच दोहोर झडप हुँदा अन्त्यमा बिधार्थीहरुलाई तितरबितर बनाउनको लागि अश्रुग्याँस र हवाई फायरको स्थिति अाएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।भिड नियन्त्रण गर्न र  शान्तिपुर्ण वातावरण सृजना गर्नको लागि यस्तो कदम चाल्नुपरेको प्रजिअ सापकोटाले बताउनुभयो।नेपाल प्रहरीले २४ राउन्ड हवाई फायर गर्न खोज्दा ३ वटा र सशस्त्र प्रहरीले ७ वटा हवाई फायर गरेको तथा दर्जनौं अश्रुग्याँस प्रहार गरि भिड नियन्त्रण गरिएको पनि प्रजिअ सापकोटाले बताउनुभयो।हामी वन कार्यक्रम सिमरा हुँदा त्यहाँ पुगेको तर अचानक सुवर्ण गाउँपालिकामा बिधार्थीहरु आन्दोलन गरिरहेको सूचना प्राप्त घटना स्थलतर्फ गएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो।भौतिक क्षति भएपनि मानवीय क्षति नभएको सशस्त्र प्रहरी तर्फ ४ जना र नेपाल प्रहरी तर्फ १ जना र बिधार्थी तर्फ  दर्जनौं घाइते भएको पनि प्रजिअ सापकोटाले बताउनुभयो।घाईते बिधार्थीहरु मध्ये अधिकाँशको हात खुटा ,तथा पिट्यु चोट लाग्नु साथै कति जनाको हात नै भाँचेको बिधार्थीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।बिधार्थीले आन्दोलन गर्दा सुवर्ण गाउँपालिकाको केही मोटरसाइकल र भवनमा क्षति पुगेको तर एकिन विवरण अाउन नसकेको सुवर्ण गाउँपालिकाका प्रशासनले जानकारी दिएका छन् ।यता गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले अतालिएर केही स्थानीयबासी नाम लिदै उक्कासको अारोप लगाएपनि अाफु पानी माथिको उभान बन्न खोजेको सुवर्ण गाउँपालिका -४का सुरेश यादवले बताउनुभयो।अध्यक्ष यादवले अाश्वासन दिएर नअाएपछि बिधार्थीहरु स्वस्फूर्त रुपले आन्दोलन गरेको कुनै अभिभावक तथा स्थानीयको सहभागिता नरहेको अर्का स्थानीयबासी दिनेश यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले अाफूलाई जानकारी भएपनि शिक्षा शाखाले सरुवा गरेको पनि बताउनुभयो ।यता शिक्षा अधिकृत विधानन्द प्रसाद यादवले सुवर्ण गाउँपालिकाको जेठ ३ गतेको शिक्षा समितिले श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय हर्दिया अौरैयाका प्रधानाध्यापक रामएकबाल साहलाई देवपुर माविमा सरुवा गरेको सो विधालयका प्रधानाध्यापक चन्देश्वर यादवको हर्दियामा सरुवा गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।एक्कासि एकैदिन प्रअलाई कसरी पत्र बुझाईएको प्रश्नमा समितिलाई थाहा भएको र अाफूलाई केही जानकारी नभएको बताउनुभयो।शिक्षा समितिमै बसेको मान्छेको लोभले छोटो समयमा यस्तो बदनियत काम  हुन गएको बताईएको छ।विधालयको वातावरण त्रसित बनेका कारण अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् ।झुठा अारोप लगाएर फसाउन खोजे स्थिति ठिक नहुने सुवर्ण गाउँपालिकाका स्थानीयबासीहरुले बताएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content