Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

आगलागीमा एकै परिवारका चारजना घाइते

बारा, १ जेठ । आदर्शकोतवाल गाउँपालिका–१ च्यूटाहामा एकजनाको घरमा आइतवार राति आगलागी हुँदा परिवारका चार जना जलेर घाइते भएका छन । घुरबाट आगो सल्...

बारा, १ जेठ ।
आदर्शकोतवाल गाउँपालिका–१ च्यूटाहामा एकजनाको घरमा आइतवार राति आगलागी हुँदा परिवारका चार जना जलेर घाइते भएका छन ।
घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोरा छोटु र तीन वर्षीय छोरा सन्दीप जलेर घाइते भएका हुन् । उनीहरूको नारायणी अस्पताल, वीरगंजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरूषोत्तम पाण्डेले घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको बताए । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरूलाई अस्पताल लगेका थिए।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरमा आगलागी हुँदा सम्पूर्ण सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट ४ लाख १० हजार बराबरको क्षति भएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content