Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

भारु र दारु भारततर्फ लैजाने चारजना पक्राउ

वीरगंज, ४ फागुन । बारा र काठमाडौंबाट प्रतिबन्धित भारु नोटसहित दुईजना पक्राउ परेका छन् भने रौतहटबाट भारतमा प्रतिबन्धित दारु लैजाने क्रममा ती...

वीरगंज, ४ फागुन ।
बारा र काठमाडौंबाट प्रतिबन्धित भारु नोटसहित दुईजना पक्राउ परेका छन् भने रौतहटबाट भारतमा प्रतिबन्धित दारु लैजाने क्रममा तीनजनालाई पक्राउ भएको प्रहरीले जनाएको छ ।
 
बारा प्रहरीले बाराको बिश्रामपुरबाट एक लाख भारतीय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् ।
भारतबाट नेपालतर्पm आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्पm आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपियाँ फेला पारेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपियाँको दुर्ई सय एक थान भारतीय रुपियाँ बरामद गरेको प्रहरीको भनाई छ ।

यसैगरी प्रतिबन्धित भारतीय रुपियाँँ दुर्ई हजारको नोट रहेको दुई लाख ४० हजार भारुसहित एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपियाँँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
 
एअर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपियाँँ बाह्य मुलुकतर्पm लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
बरामद भारतीय रुपियाँँसहित उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाईको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुलचोक ललितपुर पठाइएको छ ।

भारततर्पm लान लागेको मदिरासहित ३ भारतीय पक्राउ

भारतको बिहारमा प्रतिबन्धित रहेको मदिरासहित रौतहटको सदरमुकाम गौरबाट भारतीय नम्बरको गाडिबाट तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पचपकडी १३ का ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओमप्रकाश कुमार र कसवाकपुर पकरी १६ का २५ वर्षीय महमद सलमान रहेका छन् । उनीहरूले प्रयोग गरेको डिएल ४ सिएनबी ०६१६ नम्बरको स्कर्पियो गाडी र १४ हजार २५० मूल्य बराबरको ५७० बोतल सौंफी मदिरा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् ।

बुधवार साँझ ५ बजे भारत लग्ने अभिप्रायले सीमावर्ती क्षेत्र  गौर नगरपालिका  ४ दालमिल स्थित मोहन अग्रवालको बगैँचा नजिकै उक्त  स्कारपियो गाडीमा रोकी सौफी रक्सी लोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौरबाट गएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । भारत विहार राज्य जिल्ला मोतिहारी ग्राम पचपकडी बरामद मदिरासहित गाडीको कुल नौ लाख चौध हजार दुर्ई सय पचास मुल्यांकन गरि पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाईको लागि  गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
 
भारत बिहार मुख्यमन्त्री नितिस कुमार नेतृत्वको सरकारले मदिराजन्य पदार्थ उत्पादन, बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएपछि तस्करहरूले रौतहट लगायत नेपालको सीमावर्ती बजारबाट अवैध रूपमा मदिरा लैजाने गरेको छन।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content