Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित

पर्वत। पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेत...

पर्वत। पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन् ।

जिल्लाको दुर्लुङ, चित्रे, क्याङ, राम्जा, फलामखानी, लुङ्खुदेउराली, शालिजा, बाँसखर्कलगायतका क्षेत्रमा लगाइएको कोदोखेतीमा पहेँलो हुने, बाला नलाग्ने र विस्तारै बोट मर्ने समस्या देखिएको हो । धेरै गर्मी हुने बेँसीमा भन्दा केही चिसो हुने लेक क्षेत्रमा लगाइएको कोदोको गवारे किराको प्रभाव परेको देखिएको तथा विगतमा भन्दा यो वर्ष झनै क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो ।

“पछिल्ला दुई–तीन वर्षयता गवारो किराको प्रकोप देखिएकामा अहिले झनै क्षति भएको भनेर लेक क्षेत्रका कृषकले गुनासो गर्नुभएको छ । यसले पर्वतमा हुने कोदोको उत्पादनमा ह्रास ल्याउने भयो”, उहाँले भन्नुभयो, “कोदो पसाउने बेलामा बिरुवाको काण्डमा गवारोले छेड्छ । त्यसको असरले पसाउन पाउँदैन । विस्तारै बोट पहेँलो हुँदै मर्छ ।”

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत नारायण शर्माले कृषकको धेरै गुनासो आएपछि जिल्लाको मोदी गाउँपालिकाको क्याङमा ‘बाली उपचार शिविर’ राखेर त्यसको प्रभाव कम गर्ने प्रयास गरिएको बताउनुभयो । त्यहाँका ३५ कृषकले ल्याएको बिरुवा परीक्षण गर्दा ५० प्रतिशतमा गवारोको समस्या देखिएको र त्यस बाहेक पातमा लाग्ने थोप्ले रोग र मरुवाको पनि प्रकोप रहेको पाइएको उहाँको भनाइ छ ।

“हामीले बाली उपचार शिविर नै राखेर प्रकोपको बारेमा खोजेका थियौँ । तर अबको उपचारले त्यो प्रकोप नियन्त्रणमा आउने अवस्था छैन । त्यही पनि हामीले तत्काल गर्न सकिने प्रयास भने गरेका छौँ”, उहाँले भन्न्नुभयो, “प्रकोप देखिएका अन्य ठाउँमा पनि कृषि प्राविधिकहरू पुगेर तत्काल गर्न सकिने प्रयास त गर्नुभएको छ । सकेसम्म कम क्षति होस् भन्नेमा लागिरहेका छौँ ।”

ज्ञान केन्द्र प्रमुख थापाले गवारोको प्रकोप बढ्नुको कारण जलवायु परिवर्तनसँगै बारीमा गरिने सरसफाइको अभाव भएको बताउनुभयो । जलवायु परिवर्तनले बालीका मित्र जीवलाई भन्दा शत्रु जीवलाई उपयुक्त हुने वातावरणको विकास भएकाले हरेक बालीमा फरक–फरक समस्या देखिएको उहाँको भनाइ छ ।

बारीका कान्ला वा कोदो रोपिएकै ठाउँमा पनि सरसफाइको आवश्यकता हुन्छ । तर कान्लाभरि झाडी छ, बारीका पाटा पनि सफा नहुँदा रोगको जीवाणुले आश्रय पाइरहेका छन् ।

गवारो किराको समस्या नियन्त्रण गर्ने विषादी कडा हुने र त्यसको प्रभाव लामो समय रहने भएका कारण अन्तिम अवस्थामा विषादीको प्रयोग नगर्न कृषकलाई कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ । विषादीको ‘वेटिङ’ समय लामो हुँदा बाली भित्र्याएपछि पनि अन्न र नल (बाला काटिएको कोदोको बोट) मा पनि विषादी कायमै रहन्छ । त्यस्तो अन्न र नल मानिस वा पशु दुवैलाई विषाक्त हुने भएकाले यो वर्ष विषादीको प्रयोग नगरिएको हो । तर आगामी वर्षमा भने कोदो गोड्दासाथ विषादी प्रयोग गरेर समस्या हल गर्न कृषकलाई सुझाइएको छ ।

ज्ञान केन्द्रका अनुसार जिल्लामा आठ हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुने गरेको छ । यसबाट करिब ११ हजार एक सय ८९ मेट्रिक टन कोदो उत्पादन हुन्छ । सात हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गवारो किराको प्रकोपकै कारण यस वर्ष कोदो उत्पादन गिरावट आउने भएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content