Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

बेनी I मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेन्डा’ अघि ...

बेनी I मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेन्डा’ अघि सारेका छन् ।

हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर विकास योजना र बजेट भित्र्याउन नसकेको आम गुनासो भइरहँदा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेताले विकास र समृद्धिलाई नै प्रमुख एजेन्डा बनाएका छन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा नेकपा ९एमाले०ले पटक–पटक म्याग्दीको नेतृत्व गर्दासमेत जिल्लाको विकासमा कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस पटक गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुहुन्छ । “म्याग्दीमा दिगो विकास चाहिएको छ, त्यसको खाका हामीले कोरेका छौँ, जनताको विकासप्रतिको चाहनालाई पूरा गर्ने एजेन्डा लिएर आएका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लाभरका सडकको अवस्था जीर्ण रहेको, शिक्षा र स्वास्थ्यको अवस्थासमेत सुधार गर्नुपर्ने भएकाले आफूले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सुधारका लागि आवश्यक पहल गर्ने उहाँको भनाइ छ । सत्ता गठबन्धनको मुख्य प्रतिस्पर्धी एमालेबाट उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण र कृषिलाई आत्मनिर्भर र व्यावसायीकरण गर्ने एजेन्डा लिएर उम्मेदवार बनेको बताउनुभयो । 

सदरमुकामदेखि पालिका जोड्ने सडक कालोपत्रे गर्ने, जिल्लामा सुस्तगतिमा रहेका गौरवका योजनालाई पूर्णता दिने र जिल्लाभित्र रहेको पर्यटन सम्भावनालाई उजागर गर्नतर्फ आफूले प्राथमिकता दिने श्रेष्ठले बताउनुभयो । प्रदेशसभा सदस्यका मुख्य प्रतिस्पर्धीले समेत नीति निर्माणदेखि विकास निर्माणलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । प्रदेशसभा  (क) मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा ९माओवादी केन्द्र०का हरि भण्डारी र (ख) का रेशम जुग्जाली (सुविन)ले समेत विकास निर्माण योजना भित्र्याउन गण्डकी प्रदेश सरकारसँग बलियो पुलको भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उम्मेदवार द्वय भण्डारी र जुग्जालीले जिल्लाका आम नागरिकले विकास र समृद्धिको क्षेत्रमा जिल्लाको पहुँच नपुगेको अनुभूति गर्ने गरेको भन्दै त्यसलाई क्षतिपूर्ति हुने गरी नागरिकका आधारभूत विकासका चाहना पूरा गर्नेतर्फ आफूहरूको प्राथमिकता रहने बताउँछन् । यता एमालेबाट प्रदेशसभा (क) का उम्मेदवार देवेन्द्रबहादुर केसी र (ख) का उम्मेदवार यामबहादुर गर्वुजाले नीति निर्माण तहमा सशक्त र प्रभावकारी भूमिकासँगै जिल्लाको विकासका एजेन्डालाई अघि सार्नुभएको छ ।

सडक, भवनलगायत पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार र खानेपानीको पहुँच विस्तार योजनालाई आफूले प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार केसीको भनाइ छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका हरिबहादुर खत्रीले अहिलेसम्म चुनाव जितेका नेताले सडक, बाटो, विद्यालय बनाउँछौँ भनेर जनतालाई धोका दिएको बताउँदै युवापुस्ताको आवश्यकताअनुसारको विकासलाई अघि बढाउने योजनासहित आफू चुनावमा होमिएको बताउनुभयो ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्षतर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) मा पाँच र ९ख०मा छ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content