Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिक उत्सव विश्व प्रसिद्ध भगवती श्री गढीमाईको स्थानमा भव्यताका साथ सम्पन्न ,प्रमुख अतिथि रामचन्द्र प्रसाद साहले गढीमाई मन्दिरको अझ प्रचारप्रसार गर्न गरे अाग्रह

 अजय यादव वियोगी  महागढीमाई न.पा.-१बरियारपुर  "श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिक उत्सव विश्व प्रसिद्ध भगवती श्री गढीम...

 अजय यादव वियोगी 

महागढीमाई न.पा.-१बरियारपुर

 "श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिक उत्सव विश्व प्रसिद्ध भगवती श्री गढीमाईको स्थानमा भव्यताका साथ सम्पन्न ,प्रमुख अतिथि रामचन्द्र प्रसाद साहले गढीमाई मन्दिरको अझ प्रचारप्रसार गर्न गरे अाग्रह "


बाराको पहिलो धार्मिक नामले सञ्चालनमा रहेको एक मात्र दैनिक पत्रिका श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ।श्री गढीमाई राष्ट्रिय दैनिकका सम्पूर्ण टिमले विभिन्न  सामाजिक काम गरेर पहिलो बार्षिक उत्सवमा सहभागी भएका छन्।बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ मा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरको प्राङ्गणमा   एक कार्यक्रमको बिच पहिलो बार्षिक उत्सव मनाईएको छ।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक /सम्पादक अजयकुमार यादव उर्फ अजय यादव "वियोगी"को अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष ,महागढीमाई नगरपालिकाका पुर्व मेयर प्रत्यासी एवम् चर्चित समाजसेवी रामचन्द्र प्रसाद साह तेली रहनुभएको थियो।विशिष्ट अतिथिहरुमा श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका उपाध्यक्ष ,महागढीमाई नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष एवम् समाजसेवी विश्वनाथ प्रसाद कुशवाहा ,युवा नेता अशोककुमार यादव ,समाजसेवी ठगा महतो लगायतका रहनुभएको थियो।अतिथिहरुमा युवा समाजसेवी बृजमोहन साह ,प्रभु प्रसाद कुशवाहा ,सञ्चारकर्मी श्याम प्रसाद पाण्डे लगायतका रहनु भएको थियो।स्वागत मन्तव्य तथा अतिथिहरुलाई सम्मान श्री गढीमाई राष्ट्रिय दैनिकका बजार व्यवस्थापक नन्दलाल प्रसाद चौरसियाले गरेका थिए।श्री गढीमाई राष्ट्रिय दैनिकको पहिलो बार्षिक उत्सवको अवसरमा  प्रमुख अतिथि रामचन्द्र प्रसाद साह र विशिष्ट अतिथि विश्वनाथ प्रसाद कुशवाहालाई मधेसकै पहिचान झल्कने गरि पहिचान सहितको विशेष सम्मानले वहाँहरुलाई सम्मानित श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाका बजार व्यवस्थापक चौरसियाले गरेका थिए।२०७८असोज१६ गतेबाट सुरु गरेको श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका २०७९ असोज१६ गते सम्ममा सफलतापुर्व अाई पुगेको र अाजको कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरेर




अाउनु भएका सम्पूर्ण अतिथिहरुलाई हार्दिक स्वागत तथा अभिनन्दन  श्री गढीमाई राष्ट्रिय दैनिकका बजार व्यवस्थापक नन्दलाल प्रसाद चौरसियाले गरेका थिए।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिक उत्सवको अवसरमा अायोजित कार्यक्रमको प्रमुख अतिथि श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष ,महागढीमाई नगरपालिकाका पुर्व मेयर प्रत्यासी एवम् चर्चित समाजसेवी रामचन्द्र प्रसाद साहले श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाले दिन दुना रात चौ गुणा प्रगति गरोस् भनेर शुभकामना सहित श्री गढीमाई मन्दिरको बारेमा सबै मिडियाले  प्रचारप्रसार गर्न अहम् भूमिका खेलेको बताउनुभयो।प्रमुख अतिथि साहले देशमा जब संघियता अायो  तब मधेस प्रदेशको निर्माण भएपछि लोसपाका नेता एवम् प्रदेशका पुर्व भौतिक तथा पुर्वाधार मन्त्री जितेन्द्र प्रसाद सोनलले श्री गढीमाई मन्दिरमा ८ /९ करोड बजेट पारेर विवाह मण्डप लगायत विभिन्न संरचना निर्माण गरेको र ती काम अाफूले जिन्दगीमा कहिल्यै नभुल्नै बताउनुभयो।विश्व प्रसिद्ध भगवती श्री गढीमाईको दर्शन गर्न केन्द्रका प्रधानमन्त्री देखि लिएर राष्ट्रपति सम्म अाएकै हुन तर चाहे जति सहयोग नगरेकोमा मन खिन्न भएको प्रमुख अतिथि साहले बताउनुभयो।तर प्रदेश सरकारले भगवती श्री गढीमाई मन्दिरको विकासमा सहयोग गरेको र त्यो अाफू मन्दिरको सञ्चालन समितिको अध्यक्षको नाताले कहिल्यै भुल्न नसक्ने बताउनुभयो।बारामा श्री गढीमाईको नामले चलिरहेको श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका जन जनको पत्रिका बनोस् अाफूले सक्दो सहयोग गर्न तयार रहेको प्रमुख अतिथि साहले बताउनुभयो।प्रचारप्रसारमा कहिले कमि नहोस् ,अाफूले मन्दिरको विकास भएको तथा मन्दिरमा स्वच्छ ढंगले काम भएको देख्न चाहेको समेत प्रमुख अतिथि रामचन्द्र प्रसाद साहले बताउनुभयो।श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले भएको रकमले मन्दिरको दक्षिण पट्टी १६ कठ्ठा जग्गा समेत जोडेको र त्यसमा विशाल गढीमाई मन्दिरको केही काम होस् भनेर अाफ्नो सपना भएको प्रमुख अतिथि साहले बताउनुभयो।विगत लामो समयदेखि श्री गढीमाई मन्दिरको बारेमा अवगत भएका पटकपटक पञ्चबर्षिय मेलाका अनुभव बटुलेका सञ्चालन समितिका अध्यक्ष समेत पटक -पटक भएका बरियारपुरबासीको चाहना बमोजिम काम गरेको सम्झना गर्दै अाफ्नो जिन्दगीमा सधैं जनताको पक्षमा लागि रहने र सेवा गरिरहने श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिक उत्सवका  अवसरमा अायोजित कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र प्रसाद साहले बताउनुभयो।यस्तै श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका उपाध्यक्ष ,महागढीमाई नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष एवम् विशिष्ट अतिथि विश्वनाथ प्रसाद कुशवाहाले सुरुमा पानी परिरहेको दिन श्री गढीमाई राष्ट्रिय दैनिक सञ्चालन भएको सम्झना गर्दे सफलता पुर्वक १ बर्ष पार गरि दोस्रो बर्षमा प्रवेश गरेकोमा श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाका सम्पूर्ण टिमलाई  बधाई सहित अाभार प्रकट गरेका छन्।अाफूले श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको उतरोत्तर प्रगतिको कामना सहित बरियारपुरबासीको मनोभावना सहितको अभिभारा बोकेको  अनुभवी समाजसेवी एवम् विशिष्ट अतिथि कुशवाहाले बताउनुभयो।महागढीमाई नगरपालिकाको थप जिम्मेवारी बहन गर्नुको साथै विगत देखि गढीमाई मन्दिरको बारेमा अाफूले अहम भूमिका निभाएको विशिष्ट अतिथि कुशवाहाले बताउनुभयो

।देशकै चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रको भूमिका सत्य ,तथ्य र निष्पक्ष ढंगले हुनुपर्ने हो,जुन श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकामा भएको हो ,पत्रिकाको माथि नै पक्ष न विपक्ष ,सधैं निष्पक्ष लेखेर बाराबासीको मन जित्न सफल भएको विशिष्ट अतिथि विश्वनाथ प्रसाद कुशवाहाले बताउनुभयो।बारामा छोटोे समयमा चर्चामा रहेको श्री गढीमाई राष्ट्रिय दैनिक सबैको हातमा पुगोस् यहीँ कामना ,धेरै -धेरै शुभकामना भनेर  विशिष्ट अतिथि कुशवाहाले दिनुभयो ।कार्यक्रममा बृजमोहन साह ,सञ्चारकर्मी श्याम प्रसाद पाण्डेय ,श्री गढीमाई राष्ट्रिय दैनिकका सह -सम्पादक विनोद साह र सन्दीप प्रसाद यादवले शुभकामना मन्तव्य राखेका थिए।कम्प्युटर अपरेटर मुकेश बस्नेतले पनि पत्रिकाको  प्रगतिको कामना गरेका गरेका छन् ।पत्रिकासँग अावद्द सबै सञ्चारकर्मीहरुको सहभागिता बार्षिक उत्सवमा रहेको थियो ।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका१ बर्षको कार्यकाल सफलता पुर्वक पार गरेर दोस्रो बर्षमा प्रवेश गरेकोमा सम्पूर्ण पाठक ,शुभेच्छुक तथा साथ दिने सबैलाई श्री गढीमाई राष्ट्रिय दैनिकका प्रकाशक /सम्पादक एवम् पहिलो बार्षिक उत्सवका कार्यक्रमको अध्यक्ष्ाता गरिरहेका अजय कुमार यादव उर्फ अजय यादव वियोगीले सबैमा कृतयज्ञता प्रकट गरेका छन्।सबैको हातमा ,सबैको साथमा श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका पुग्न सफल होस् भनेर वक्ताहरुले कामना गरेका थिए।१ बर्षमा के कति कार्यक्रम गरे ती सबैको बारेमा सुरु देखि काम गर्दे गरेका श्री गढीमाई राष्ट्रिय दैनिकका संवाददाता रुपेश कुमार साहले प्रकाश पारेका थिए।कार्यक्रमको सञ्चालन संवाददाता रुपेश कुमार साहले  नै गरेका थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content