काठमाडौं । इरानमा २२ वर्षीय महिलाको प्रहरी हिरासतमा मृत्यु भए पछि विगत ४० दिन देखिको प्रदर्शन जारी छ ।
माहसा अमिनीलाई कपाल छोप्ने हिजाब राम्रोसँग नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । अमिनीको हिरासतमै मृत्यु भएपछि इरानका ठुला सहरमा प्रदर्शनहरू भइरहेका छन् ।
प्रदर्शनमा प्रहरीको गाली लागि २९ बालबालिका सहित २३४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले उल्लेख गरेको छ ।
अमिनीको मृत्युको चालिसौं दिन हिजो अमिनीको गृह नगर सक्केजमा वृहत् प्रदर्शन भएको बिबिसीले जनाएको छ ।
प्रदर्शनकारीले इरानको इस्लामिक व्यवस्थाको विरोध गर्दै आइरहेका छन् ।
प्रतिक्रिया