Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बेलायती राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

लण्डन। बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गर्नुभएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि ब...

लण्डन। बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गर्नुभएको छ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।

सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उहाँले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफुमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिनुभयो ।

भेला भएका महानुभावहरूलाई सम्बोधन गर्दै राजा चार्ल्सले आफ्नी आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भन्नुभयो, “मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु कर्तव्य हो । बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल क्यासलमा शान्तिपूर्वक निधन भएको थियो ।”

उहाँले भन्नुभयो, “मेरी आमाको शासनकाल यसको अवधि, समर्पण र भक्तिमा असमान थियो । दुःखी हुँदा पनि हामी यस अत्यन्तै विश्वासी जीवनको लागि धन्यवाद दिन्छौं । म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारीहरूको बारेमा गहिरो रूपमा सचेत छु । जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ ।

यी जिम्मेवारीहरू सम्हाल्दै, म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र कमनवेल्थ क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मैले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु ।” उहाँले क्राउन इस्टेटलगायत वंशाणुगत राजस्व समर्पण गर्ने परम्परालाई निरन्तरता दिन आफ्नो इच्छा र मनसाय दोहो¥याउनुभयो ।

गत हप्ता भएकोे ९६ वर्षीया महारानीको निधनले सात दशक लामो शासनको अन्त्य गरेको छ । उहाँलाई उथलपुथलपूर्ण संसारमा स्थिरताको प्रतीक बनाएको थियो । बेलायत औपचारिक शोकको चरणमा प्रवेश गरेको छ र विश्वभरबाट श्रद्धाञ्जलिको ओइरो लागेको छ ।सिन्ह्वा


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content