Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मालपोत र नापी कार्यालय कलैयाबाट सञ्चालन गर्न देवताल गाउँपालिकामा घनिभुत छलफल ,कार्यान्वयन नगरे अान्दोलन गर्ने तयारी

 अजय यादव वियोगी  कलैया ,बारा । "मालपोत र नापी कार्यालय कलैयाबाट सञ्चालन गर्न देवताल गाउँपालिकामा घनिभुत छलफल ,कार्यान्वयन नगरे अान्दोल...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"मालपोत र नापी कार्यालय कलैयाबाट सञ्चालन गर्न देवताल गाउँपालिकामा घनिभुत छलफल ,कार्यान्वयन नगरे अान्दोलन गर्ने तयारी "


बारा जिल्लाको सदरमुकाम कलैया  मालपोत  तथा नापी कार्यालयबाट सेवा पाउँदै आएको देवताल गाउँपालिकाका जनताहरुले अब उप्रान्त भने सिम्रौनढबाट सेवा पाउने विषयले पालिका भरीका जनप्रतिनधि तथा आमनागरिकहरु निकै आक्रोशित भएका छन्। मालपोत र नापी कार्यालय बाराले केही दिन अगाडि सिम्रौनगढ शाखाबाट देवतालको कामकाज हुने जानकारी दिए लगत्तै देवताल गाउँपालिकाका जनता जागरुक भएका छन् ।पायक पर्ने ठाउँमा सुविधा नदिई अपायक पर्ने ठाउँमा सुविधा दिएर दु:ख दिने काम भएको देवताल गाउँपालिका स्थानीयबासीहरुले जानकारी दिएका छन् । देवताल गाउँपालिकाका स्थानीय स्वस्फुर्तले जागरुक भएका छन् ।वडा नम्बर १,४ र५ का स्थानीय जनताहरु पिप्राढी गाउँको मठमा सयौंको संख्यामा भेला भई उक्त भेलामा सम्बन्धित वडाका वडाध्यक्षहरु वडा नम्बर -१का अरुण कुमार सिँह , वडा नम्बर -४ का वडाध्यक्ष  ललन  प्रसाद यादव र वडा नम्बर -५का वडाध्यक्ष सुरेश साहलाई बोलाई तपाईहरुलाई हामीले आफ्नो अमुल्य मत दिई चुनाव जिताए को हो,के यहि दिन देख्न को लागि?जुन पायक भन्दा अपायक पर्ने ठाउँमा मालपोत तथा नापी कार्यालय लाने काम भईरहेको छ ।यसतर्फ तपाईहरु ध्यानाकर्षण नहुनुको कारण के हो भने स्पष्ट धारण खुल्याउन स्थानीयबासीले जनप्रतिनिधिहरुसँग प्रति प्रश्न गरे ।अाक्रोशित मुद्रामा देखिएको स्थानीयबासीले जनप्रतिनिधिहरुले अब हातमा ,हात राखेर बस्नु ठिक नभएको पनि बैठकमा बताउनुभयो ।वडा नम्बर -१ वडाध्यक्ष एवम् चर्चित यूवा नेता अध्यक्ष अरुणकुमार सिँहले हामी जहिले पनि आफ्नो नागरिकको सुविधाको पक्षमा खडा हुने भएकाले यसका लागि जुनसुकै निकायमा जानु पर्छ वा अान्दोलन गर्नुपर्ने भएपछि नपर्ने बताउनुभयो   नापी तथा मालपोत कार्यालयको सेवा  कलैयाबाट पाउँदै आएको अबपनि जस्तोसुकै मूल्य चुकाउनु चुकाउनु पर्ने भए अाफूहरु पछाडि नहट्ने वडा नम्बर -१ का वडाध्यक्ष सिँहले बताउनुभयो ।वहाँले भन्नुभयो  यो सेवा हामी अन्त कतै पनि जान दिने छैनौं । हामी सम्पूर्ण जनप्रतिनधिहरु यो विषयमा गहन छलफलमा  लागिपरेका छौ सोही अनुरूप कार्यपालिकाले पनि यस संदर्भमा निर्णय गरिसकेको छ समेत वडा नम्बर -१ का वडाध्यक्ष अरुणकुमार सिँहले बताउनुभयो । आम भेलाबाट नै नापी कार्यालय कलैयाको प्रमुखलाई वडाध्यक्ष सिँहले फोन गरी हाम्रो देवताल  गाउँपालिकाको  कागजात कुनै पनि हाल्तमा कहीकतै पनि जानु  भएन भने जानकारी समेत गराउनुभयो ।अटेरी गरे अान्दोलन गर्न बाध्य समेत हुने वहाँले बताउनुभयो ।देवताल गाउँपालिकाबासी यसबाट रुष्ट बन्दै अाएका छन् ।गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवले एक विज्ञप्ति जारी गरेर यथावत कलैयाबाट सेवा सुविधा राख्न माँग समेत गरिसकेका छन् ।भूमि सुधार तथा मालपोत कार्यालय बाराका प्रमुख गोपाल प्रसाद बराल र नापी कार्यालय बाराका प्रमुख चन्दन प्रसाद दासलाई सबै कुरा अवगत गराईसकेको समेत देवताल गाउँपालिकाका स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content