जसपा पार्टी बाट बारा जिल्ला बाट समानुपातिक तर्फ महिला नेतृ लिला पाण्डेको नाम सिफारिस
सन्दिप यादव
कलैया , बारा
भदौ १९ गते ।
जसपा पार्टीले बारा जिल्ला बाट प्रदेश सभा सदस्यको लागि समानुपतिक तर्फबाट महिला नेतृ लिला पाण्डेको नाम सिफारिस गरेको छ ।
जसपा पार्टी बारा जिल्लाको सम्पन्न भेलाले पार्टीका केन्द्रीय कमिटी सदस्य समेत रहेकी महिला नेत्री पाण्डेको नाम समानुपातिक तर्फ सिफारिस गरेको हो ।
महिला नेतृ लिला पाण्डे एक दशक भन्दा बढी जसपा पार्टी बाट राजनितिक गर्दै समाज सेवामा योगदान पुर्याउदै आएकी छिन ।
प्रदेश सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेर पार्टीका क्षेत्रिय समितीले उनको पार्टी र समाजप्रती पुर्याएको योगदानको सहि मूल्यांकन गरेको छ ।
प्रतिक्रिया