Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

आफ्नै खुट्टामा उभिने माध्यम बन्यो सीपमूलक तालिम

गलकोट। बागलुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले छ महिना देखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले आ...

गलकोट। बागलुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले छ महिना देखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोचसमेत बनाउनुभएको थिएन तर बागलुङमा रहेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले प्रदान गरेको चार महिने सीपमूलक तालिमपछि उहाँले आफ्नै खुट्टामा उभिन सफल हुनुभयो ।

रोका मात्रै हैन बागलुङ नगरपालिका–८ सिगाना निवासी पूजा परियारले बागलुङ एफएम चोकमा आफ्नै कपडा सिलाइकटाइ पसलको स्थापना गर्नुभएको छ । रोका र पूजा त एक उदारणीय पात्र मात्रै हुन् । केन्द्रले दिएको सीपमूलक तालिम प्राप्त गर्ने अधिकांशले रोजागारी पाएका छन् भने केहीले आफैँ उद्यम स्थापना गरेका छन् । “फुर्सदको समय सदुपयोग गरौँ भनेर तालिमका लागि केन्द्रमा पुगे, चार महिना तालिम सकेपछि मनमा व्यवसाय गर्ने उत्साह छायो, कपडा सिलाइ तालिमपछि आफ्नै पसल राखे, अहिले आफ्नो घर खर्च चलाउन सक्ने भएकी छु”, तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्नुभएकी रोकाले भन्नुभयो, “सिलाइकटाइको पहिलो चरणको सीपमूलक तालिमसमेत उत्तीर्ण गरी प्रमाणपत्रसमेत पाउँदा खुसी लागेको छ ।”

टेलरिङ तालिमबाट विशेष गरी एकल महिला तथा दलित र जनजाति महिला बढी लाभान्वित भएका छन् । सिलाइकटाइ तालिम मात्रै नभएर विद्युतीय र ग्रिल उद्योग तालिम प्राप्त युवाले समेत अहिले राम्रो काम पाइरहेका छन् । तालिमपछि वैदेशिक रोजगारीका लागि समेत सहज हुने र नेपालमा समेत आफ्नो खर्च धान्न सक्ने काम पाइने भएकाले विद्युतीय जडानको तालिम सिकेको पर्वत जिल्ला स्थित पाङका सुजन नेपालीले बताउनुभयो ।

केन्द्रले चार सय २५ लाई चार प्रकारका सीपमूलक तालिम दिएर युवायुवतीलाई आत्मनिर्भरको बाटोमा हिँडाएको छ । केन्द्रले निःशुल्करुपमा विद्युत् जडान, पम्पिङ, सिलाइकटाइ र ग्रिल उद्योगको तालिम दिँदै आएको छ । एकल महिला, दलित, पिछाडिएको बर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सीपमूलक तालिम दिइरहेको केन्द्रका अध्यक्ष केबी रानामगरले बताउनुभयो ।

“हामीले तालिम दिएका धेरैले रोजगारी पाएका छन् केहीले विदेश गएपछि समेत राम्रो काम पाएका छन्, केहीले त आफ्नै व्यवसाय सुरु गरेको पाइएको छ”, मगरले भन्नुभयो, “हामीले धेरै भन्न सकिँदैन तालिम दिएका प्रशिक्षार्थीले आफ्नो रोजीरोटीका लागि सहयोग पुगेको छ जुन उनीहरुले गरेको कामबाट पुष्टि भइसकेको छ ।”

केन्द्रले हालसम्म चार सय २५ लाई सीपमूलक तालिम दिइसकेको केन्द्रका प्रोजेक्ट म्यानेजर शालिकराम शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार एक सय २२ ले प्लम्बर, ४५ ले विद्युतीय जडानसम्बन्धी, एक सय ९५ ले सिलाइकटाइ र ६३ ले ग्रिल उद्योगसम्बन्धी तालिम प्राप्त गरेको उहाँले बताउनुभयो । तालिम प्राप्त गर्नेमध्ये दुई सय ८७ ले रोजगारी पाएको र ५७ ले आफ्नै व्यवसाय सञ्चालन गरेको र सात जना वैदेशिक रोजगारीका लागि गएको शर्माले जानकारी दिनुभयो ।

केन्द्रको रेकर्ड अनुसार तालिम प्राप्त गरिसकेपछि औसतमा विद्युत्को काम गर्नेले रु १९ हजार, टेलरिङको काम गर्नेले रु १३ हजार, ग्रिलको काम गर्नेले रु १८ हजार र प्लम्बरको काम गर्नेले रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content