Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको सिम्रौनगढ नगरपालिकामा प्रशासकीय अधिकृतलाई लिएर ठुलो विवाद ,हरिअोम प्रसाद जयसवालले श्रावण १९ गतेदेखि गरेको सबै कामकाज रद्द गर्ने मेयर किशोरी प्रसाद कलवारको भनाइ

 अजय यादव वियोगी  कलैया ,बारा । बारा को सिम्रौनगढ नगरपालिकामा प्रशासकीय अधिकृतलाई लिएर ठुलो विवाद ,हरिअोम प्रसाद जयसवालले श्रावण १९ गतेदेखि ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

बारा


को सिम्रौनगढ नगरपालिकामा प्रशासकीय अधिकृतलाई लिएर ठुलो विवाद ,हरिअोम प्रसाद जयसवालले श्रावण १९ गतेदेखि गरेको सबै कामकाज रद्द गर्ने मेयर किशोरी प्रसाद कलवारको भनाइ "

देशमा बिना कानुनकै संघियता अाएकै हो त ।अहिले देशकै सबै ७५३ स्थानीय तहमा विवादै विवाद छ ।त्यो पनि कानुनसँग मिल्दै न मिल्ने ।देशमा अहिले साच्चिकै लुट अाएको हो तँ ? सिम्रौनगढ नगरपालिकामा देखिएको विवाद देशमै नभएको विवाद हो ।मेयर किशोरी प्रसाद कलवारले काज फिर्ता पठाएको प्रमुख प्रशासकीय अधिकृत हरिअोम प्रसाद जयसवाल जबर्जस्ती नगरपालिकामा काम गर्न खोज्ने  कुराले तंरग पैदा गरेको छ ।यता अाफू नै प्रमुख प्रशासकीय अधिकृत भएको दावि गर्ने हरिअोम प्रसाद जयसवाल कार्यालय नै अाउने गरेका छैनन् ।श्रावण १९ गतेदेखि सिम्रौनगढ नगरपालिकाको सबै कामकाज स्थगित भएका छन् ।कार्यालयमा दुई जना प्रशासकीय अधिकृत जिम्मेवारी कोही नभए पछि अधिकाँश काम र योजना अलपत्रमा परेको योजना शाखा प्रमुख जितेन्द्र प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अाफू ५:०० बजे सम्म नै कार्यालयमा नै रहने योजना शाखा प्रमुख यादवले बताउनुभयो ।तर अधिकाँश कर्मचारी ३:०० बजे देखि कार्यालय छोडी जान्ने गरेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नेका छन् ।नेपाल सरकारले निर्धारण गरेको समय निर्धारणलाई चुनौती दिँदै स्थानीय तहका कर्मचारीहरु  



नेपालमा अहिले जे पनि गर्ने छुट भएको छ ।नीति नियम ,कानुन ,सबै सानाका लागि मात्र कायम हुन पुगेको छ ।पहुँचवालाले जे गरेपनि छुट नै छ ।नेपाल सरकारलाई पनि चुनौती दिन सक्नेपनि अहिलेका स्थानीय तह भएका छन् ।कानुन र विधिसंगत कार्यालय चलाउन तथा कानुनी राज्य निर्माणका लागि अर्बौं खर्च गरेर स्थानीय तहको निर्वाचन सम्पन्न भएको बेला अहिलेका जनप्रतिनिधिहरु काँधमा काँधमा थापेर बसेका छन् ।संघियता अाएको धेरै भयो ।एक मेयरको  कार्यकाल सकेर अर्को मेयरको कार्यकाल अाएपनि सिम्रौनगढ नगरपालिकामा सुधार भएको छैन । नीति ,नियम नै रहेको पाईएको छैन ।निजामती सेवा नियामावली २०५०को दफा ५५ (क)मा कार्यालय समयको निर्धारण :- सरकारी कार्यालयहरूको कार्यालय समयको निर्धारण नेपाल सरकारले राजपत्रमा ।निजामती सेवा एेन २०४९को परिच्छेद -७ को दफा ४१ मा समय पालना र नियमितता :- निजामती कर्मचारीले सरकारबाट निर्धारित समयमा नियमितरुपले कार्यालयमा हाजिर हुने र सकेसम्म पहिलो बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनुहुँदैन भन्ने उल्लेख गरिएको छ ।तर  सिम्रौनगढ नगरपालिकामा सबै कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतले सिम्रौनगढबासीसँग बेवास्ता गरि अहिले बिना प्रमुख प्रशासकीय अधिकृत उपस्थितिमम नगरपालिका





चलिरहेका छन् ।त्यो देखावटी भएका छन् ।दिउँसो ४:०० बजे  कार्यालयमा कोही नभएको देखेर अच्चम पर्दे  एक काम गराएका उपभोक्ता अध्यक्ष सुवास प्रसाद कुशवाहाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। अहिले यस्तै हुने  गरेको र कार्यालय समयमा मुश्किलले केही कर्मचारीलाई भेट्ने बिडम्बना भएको र यसलाई कार्यान्वयन गराउनु मेयरको हातमा समेत रहेको स्थानीय सेवाग्राही सुवास प्रसाद कुशवाहाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।४:३० मै नै  कर्मचारी जानू नियमसँग खेलवाड गरेको स्थानीय सेवाग्राही कुशवाहाले बताउनुभयो ।सिम्रौनगढ नगरपालिकामा भएको कामकाजको बारेमा जानकारी नभएको प्रशासन शाखा प्रमुख जयनारायण प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।यसरी प्रशासनशाखाका  जिम्मा लिएका र प्रशासन शाखाकै कर्मचारी कार्यालयमा नहुँदा समस्या भएको स्थानीय सेवाग्राही रमेशकुमार कुशवाहाले बताउनुभयो ।निजामती सेवा एेन २०४९को दफा ५५ (क) चेतावनी दिन सक्ने:- कुनै निजामती कर्मचारीले समय पालना नगरेमा अाफूभन्दा माथिको कर्मचारीले दिएको अाज्ञा पालना गर्नुपर्ने ,ढिला सुस्ती गरेको प्रमुखले सुपरिवेक्षणले कारवाही गरिने प्रावधान भएपनि अहिले सिम्रौनगढ नगरपालिकामा विवादै मात्र देखिएको छ ।श्रावण १९ गते नै मेयर किशोरी प्रसाद कलवारले एक चलानी नम्बर ५१ मा हरिअोम प्रसाद जयसवाल काज फिर्ता पठाएको र सोही दिनकै प्रशासनिक कामकाजका लागि बिरेन्द्र प्रसाद साहलाई नै दिईएको सिम्रौनगढका मेयर किशोरी प्रसाद कलवारले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।१९ गतेदेखिको सबै कामकाज बिरेन्द्र प्रसाद साहले गरेको सदर र हरिअोम प्रसाद जयसवालले गरेको सबै काम रद्द गर्ने समेत वहाँले बताउनुभयो । सिम्रौनगढ नगरपालिकामा ५ बर्षमा प्रणाली लागू हुन सकेको छैन ।जे मन लाग्यो त्यहीँ भईरहेको छ ।यस्तो कामले सिम्रौनगढबासी अाजित भएका छन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content