येरेवान। आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् ।
विस्फोट पछि तीन तले भवन ध्वस्त भएको थियो। अहिले ३५० अग।नि नियन्त्रक र उद्धारकर्ताहरू अहिले त्यहाँ उद्धारमा जुटिरहेका छन्। आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका समेत गर्नु भएको छ ।
घटनाको कारणबारे अनुसन्धान जारी छ ।सिन्ह्वा
प्रतिक्रिया