Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बर्दिबासमै मेडिकल कलेज बनाउन प्रधानमन्त्रीको ध्याकर्षण

बर्दिबास । बर्दिबास मेडिकल कलेज निर्माणमा देखिएको समस्या समाधानका लागि महोत्तरीका सरोकारवालाहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन प...

बर्दिबास । बर्दिबास मेडिकल कलेज निर्माणमा देखिएको समस्या समाधानका लागि महोत्तरीका सरोकारवालाहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलको नेतृत्वमा बर्दिबास नगरपालिका मेयर प्रह्लाद कुमार क्षेत्री, उपमेयर तारादेवी महतो, पूर्व मेयर विदुरकुमार कार्की लगायत सबै पार्टीका प्रतिनिधि तथा सङ्घसंस्थाले तोकिएकै स्थानमा मेडिकल कलेज निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

वन विनाश गरेर कलेज निर्माण गर्न लागेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा गत फागुन १८ गते अदालतले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणको काम रोकिएको थियो ।

हैसियत मासिएको जङ्गलको जग्गामा मेडिकल कलेज निर्माण गर्न सबै प्रक्रिया पुरा भइसकेको अवस्थामा विगत ५ महिनादेखि सर्वोच्चको अन्तरिम आदेशले काम ठप्प छ । बर्दिबासको भब्सी खोलाको पश्चिममा रहेको माइस्थान सामुदायिक वनको भित्रको हैसियत मासिएको वनको जग्गामा मधेश प्रदेशको पहिलो मेडिकल कलेज निर्माणका लागि काम प्रारम्भिक चरणको सबै काम अन्तिम चरणमा पुगेको थियो ।

नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यको २२४ मा एक प्रदेश एक मेडिकल कलेज निर्माण गर्ने अवधारणा अन्तर्गत बर्दिबासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यान्वयनमा रहेको अवस्था छ ।
आयोजनाले बर्दिबासमा एक हजार शैय्याको अस्पताल निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने र प्रतिभावान एवम् विपन्न नागरिकले चिकित्सक तथा नर्सिङ चिकित्सा शिक्षा प्राप्त गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने समेत लक्ष्य लिएको छ ।
वातावरणीय प्रभाव मुल्याङकन गरी कलेज निर्माणका लागि डीपीआर समेत निर्माण गरी शिक्षा मन्त्रालयबाट स्वीकृत भइसेको छ ।

मेडिकल कलेज निर्माणमा करिब दश करोड खर्च समेत भई सकेको आयोजना प्रमुख देवी प्रसाद सुवेदीले बताउनुभयो ।
वनको जग्गा भोगाधिकारका लागि डिभिजन वन कार्यालय महोत्तरीको राय सहित एक वर्ष अघि वन मन्त्रालय पठाइएको थियो । तर, वन मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त फाइल लगेको छैन ।

सार्वजनिक सरोकारको विवाद अन्तर्गत धनुषाको मिथिला बिहारी नगरपालिकाका देव नारायण मण्डलले बर्दिबास मेडिकल निर्माण रोकाउन सर्वोच्चमा रिट हाल्नु भएको थियो । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइको क्रममा २०७८ फागुन १८ गते सर्वोच्च अदालतले रिट निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका वन सम्पदालाई असर पर्ने गरी कुनै कार्य नगर्नु, रुख बिरुवा नकाट्नु, वन्यजन्तुलाई हानी नोक्सानी हुने कार्य नगर्नु र सो वन क्षेत्रलाई यथास्थितिमा संरक्षित राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

मण्डल मिथिला वल्ड लाइफ ट्रष्टका अध्यक्ष हुनुहुन्छ । उहाँले वन, जीवजन्तुको संरक्षणमा चासो राख्दै आइरहनुभएको छ ।

अदालतबाट अन्तरिम आदेश जारी भई निर्माणको सम्पूर्ण काम रोकिएसँगै सरोकारवालाहरू कतै मेडिकल कलेज निर्माण कार्य सधैका लागि अनिश्चित हुने हो की भन्ने चिन्तामा छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content