Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन हुँदै

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हु...

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ ।

रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज बिहान प्रधानमन्त्री देउवाबाट भवन उद्घाटन हुने कार्यक्रम रहेको छ । विसं २०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।

स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस) एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो । राससका संस्थापक व्यवस्थापक आदित्यध्वज जोशीको नयाँसडकस्थित भाडाको घरबाट सुरु भएको रासस नयाँ सडकको पाको, गणबहाल हुँदै विसं २०३१ देखि रासस प्लाजा भद्रकालीमा सञ्चालन हुँदै आएको छ ।

राससका संस्थापकमा नेपाल सरकारका तर्फबाट अध्यक्ष रामराज पौडेल र सदस्यद्वयमा नेससका तर्फबाट गोविन्द वियोगी र सससका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापक हुनुहुन्थ्यो ।

हाल राससका सातै प्रदेशका राजधानीमा कार्यालय छन् भने अन्य जिल्लामा गरी १९ कार्यालय रहेका छन् । राससमा दरबन्दीमा कार्यरत १६५ पत्रकार तथा कर्मचारी र देश विदेशमा गरी १५० स्थानीय समाचारदाताबाट हरेक दिन बिहान ६ देखि राति १०ः३० बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्बिर, श्रव्यदृश्यलगायतका सेवा प्रवाह गर्दै आएको छ ।

राससले पिटिआई (भारत), सिन्ह्वा (चीन), एपी (संयुक्त राज्य अमेरिका), एएफपी (फ्रान्स)जस्ता मुख्य अन्तर्राष्ट्रिय समाचार संस्थाबाट समाचार प्राप्त गरी नेपालका आमसञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ ।

राससले मूलधारका सबैजसो पत्रपत्रिका, रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टलहरूलाई समाचार सेवा प्रदान गर्दै आएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content