Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको अादर्श कोतवाल गाउँपालिकामा कागजैमा काम गरि रकम निकासा गर्न कर्मचारीहरु व्यस्त ,प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह अाफ्नै धुनमा मस्त

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको अादर्श कोतवाल गाउँपालिकामा कागजैमा काम गरि रकम निकासा गर्न कर्मचारीहरु  व्यस्त ,प्रमुख प्रशासकी...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको अादर्श कोतवाल गाउँपालिकामा कागजैमा काम गरि रकम निकासा गर्न कर्मचारीहरु  व्यस्त ,प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह अाफ्नै धुनमा मस्त"


बाराको १६ पालिकामा तिव्र गतिले काम भईरहेको छ ,त्यो पनि कागजमा नै ।फिल्डमा अहिले काम गर्ने दिन नै छैन ।अा.व.२०७८/०७९को अन्तिम कामकाज गर्ने बेला अहिले अाषाढे विकास सुरु भएको छ ।कलैयाबाट १४ किलोमिटर दुरीमा रहेको अादर्श कोतवाल गाउँपालिकामा अहिले अाषाढे बजेट पचाउन खेल सुरु भएको छ ।अादर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह अहिले बिना काम भएकै योजनाको रकम निकाल्नको लागि व्यस्त रहेका छन । गाउँपालिकामा अहिले सनाटा छाएका छन् ।सबैलाई कमिसन कहाँबाट अाउने त्यसमा लाग्न र प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाको कार्यालय रहेको चिउटाहाँ देखि कलैया सम्म रकम निकास गराउन नै दौड धुप गरिरहेका छन् ।भ्रष्टाचार तथा अनियमितताको जालो बुन्ने प्रमुख प्रशासकीय अधिकृत साहले अनियमितता गर्न कति माहिर रहेका छन् भने रहस्य बाहिर अाएको छ ।स्थानीयबासीको अाँखामा छारो हाल्न सिपालु रहेका प्रमुख प्रशासकीय अधिकृत साह अहिले जनप्रतिनिधिहरुलाई मिलाउन कोठे बैठक समेत गर्न सफल भएका छन् ।अादर्श कोतवाल गाउँपालिकालाई भ्रष्टाचारको अखडा बनाएको स्थानीयबासीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बाराको अादर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नयाँ योजना अनुरुप विगत साल देखि नै प्राविधिक शाखालाई काखा लगाउँदै कामकाज गर्न सफल भएका छन् ।यसपालि पनि प्राविधिक शाखाका प्रमुख ईन्जिनियर  प्रविणकुमार ठाकुरलाई जम्मा ४वटा अर्थात वडा नम्बर १,२,३ र ४ नम्बर वडाको कामकाजको जिम्मेवार दिएर अन्य बाँकी वडाहरु वडा नम्बर -५ ,६,७र ८ वडाको जिम्मेवारी करारमा नियुक्ति गरिएका र प्रमुख प्रशासकीय अधिकृत साहको विश्वास पात्र मानिएका लक्ष्मण रजकलाई दिएका छन् ।करारका कर्मचारी लक्ष्मण रजकले हुँदै नभएको कामको ईस्टिमेट तयार गरि ,बिल भर्पाई,कागजात तयारी गरि पालिकामा पेश गरि रकम निकाल्ने षड्यन्त्रपुर्वक काम गरेको तथ्य बाहिर अाएको छ ।भ्रष्टाचार तथा अनियमितताको लाञ्छना लागेको अादर्श कोतवाल गाउँपालिका कसरी भ्रष्टाचार हुन्छ भने अहिले खुलेको स्थानीय रामेश्वर प्रसाद यादवले बताउनुभयो ।पहिला तँ नयाँ नयाँ गाउँपालिका भएका कारण अहिले भ्रष्टाचार बढेको तर अहिले जानेर भ्रष्टाचार बढेको स्थानीयबासी यादवको भनाइ रहेको छ ।अादर्श कोतवाल गाउँपालिकाको योजना शाखाबाट नै सबै योजनाको रेकर्ड नै डिलिट भएकोले केही उपलब्ध गराउन नसक्ने योजना शाखाका प्रमुख बलराम प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।योजना जस्तो महत्त्वपूर्ण फाईल कम्प्युटरबाट कसरी हराएको हो भने प्रश्नमा सबै यहाँ यस्तै हुने गरेको शाखा प्रमुख यादवले बताउनुभयो ।अहिले हामी अाषाढे रकम निकाल्नमा नै व्यस्त भएकाले के दिने भने अहिले अाफूलाई थाहा नभएको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।जे गर्नु छ गर्नु म कम जानकार छैन ,तपाईलाई के थाहा अनेकन काम छ ,खाली त्यही योजना हो भनेर रिसाउँदै भन्ने म यस्तै यहाँ बसेको पनि छैन प्रमुख प्रशासकीय अधिकृत साहले भने ।अादर्श कोतवाल गाउँपालिका प्रमुख भएको छैन ,यहाँ भएको सबै कामको जिम्मेवारी लिने प्रमुख प्रशासकीय अधिकृत साह स्थायी ईन्जिनियर प्रविण कुमार ठाकुरसँग योजनाहरु मुल्यांकन नगराई करारमा राखिएका कर्मचारी लक्ष्मण रजकसँग मिली बिना कामकै रकम निकाल्ने गरेको तथ्य बाहिर अाएको छ ।विगतमा पुर्व गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारीलाई मिलाई प्रमुख प्रशासकीय अधिकृत साह करोडौं कमाउन सफल भएकै हो अहिले पनि केही अासेपासेलाई राखेर अाषाढे बजेट चलाउन खोजेको अादर्श कोतवालका स्थानीयबासीले बताएका छन् ।अहिलेका गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले अाफूलाई पुराना बजेटबाट २ वटा वडामा ७लाख र १० लाखको योजना पुरानो चलेको जानकारी भएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।धारा जडानमा गैरसरकारी संस्था र गाउँपालिकाको रकम लागेकोले यसको विरोध भईरहेको समेत अध्यक्ष साहले बताउनुभयो ।अादर्श कोतवाल गाउँपालिकामा विगत लामो समय देखि कार्यरत रहेका सर्लाही घर भएका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह र लेखा अधिकृत सुबोध कुशवाहाले कागजमै योजना चलाएको रकम निकास गराएको समेत बाहिर अाएको छ ।अहिले केही अासेपासे स्वास्थ्यका कर्मचारी तथा अन्यलाई सामाजिक सुरक्षाको कार्यक्रम समेत दिएको गाउँपालिका स्रोतले जानकारी दिएका छन् ।गाउँपालिका सुचना अधिकृत रहेका ए.म.अंसारीले बताउनुभयो ।अहिले कलैया अाएका कारण अाफूलाई केही थाहा नभएको सुचना अधिकृत अंसारीले बताउनुभयो ।अादर्श कोतवाल गाउँपालिकाका प्रशासन शाखा प्रमुख सुनिल विक्रम थापा मौखिक जानकारी दिई कार्यालयमा अाज अनुपस्थित भएको  श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।गाउँपालिकामा कम्प्युटरको कमि भएको समेत देखिएको छ ।योजना शाखामा कम्प्युटर नै नभएको तथा अाफ्नो शाखामा रहेको कम्प्युटरबाट १० वटा शाखाको काम समेत हुने गरेको प्रशासन शाखा प्रमुख थापाले बताउनुभयो ।योजना शाखाको सबै डिलिट भएको निराधार समेत रहेको तर अाफूलाई सो बिषयमा केही भन्न नमिल्ने प्रशासन शाखा प्रमुख थापाले बताउनुभयो।कम्प्युटर अपरेटर राजकुमार सदाले केही डिलिट भएको छैन।सबै भएको भएपनि अाफूले त्यसको बारेमा केही भन्न नसक्ने अपरेटर सदाले बताउनुभयो।यसरी नै सबैसूचना  लुकाउनको लागिगाउँपालिकाले जालसाजी नै गर्ने गरेका छन्।वडा नम्बर -५ टेडाकट्टीमा पुरानो ग्रेभललाई पुनः केही नगरी सोही कामबाट रकम १०लाख निकाल्न लागेको भन्दै स्थानीयबासीले विरोध सुरु गरेको टेडाकट्टीका स्थानीयबासीले जानकारी दिएका छन् ।अादर्श कोतवाल गाउँपालिकामा २ करोड २ लाख ७४ हजार  बेरुजु रहेको देखिएको छ ।अहिले अादर्श कोतवाल गाउँपालिकामा पनि नयाँ जनप्रतिनिधिहरुले केही खासै काम गर्न सकेको छैनन्।अादर्श कोतवाल गाउँपालिकाको नाम अब अादर्शमै सिमित हुने भएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content