माननीय पारस प्रसाद साह द्रारा पचास लाखको बाटो ढलान कार्य कलैया उपमहानगरपालिका वार्ड न. १३ बलिरामपुरमा प्रारम्भ
सन्दिप प्रसाद यादव
कलैया , बारा
असार १९ गते ।
कलैया उपमहानगरपालिका वार्ड न. १३ बलिरामपुर को मुख्य बाटोको ढलान कार्य प्रारम्भ भएको छ। माननीय पारस प्रसाद साह द्रारा मधेस प्रदेश सरकार को ससर्त योजना बाट बिनियोजित पचास लाख(५०) को बाटो ढलान निर्माण कार्य सुरु भएको छ। अब बर्षात को समय मा आवत जावत गर्न सहज हुने स्थानिय बासीहरुले बताएका छन् ।
सो ढलान कार्यमा सहभागी भएका कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद साह , कलैया जसपा पार्टीका नगर अध्यक्ष शिवनाथ पटेल, प्रदेश सभा सदस्य माननीय पारस प्रसाद साह , जसपा पार्टीका नगर सह सचिव सुजित पाण्डे , वार्ड अध्यक्ष राजेश मेहता , नेकपा पार्टीका नेता-एम सैमुलाह(बौवा) लगायत कलैया उपमहानगरपालिकाको अगुवा नेता तथा गाउँ का समाजसेवि, बौद्धिक बर्गहरु को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया