Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

स्वास्थ्य कार्यालय बाराले तालिमको नाममा लाखौं कमाए ,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अाधारभूत तालिमको ईस्टिमेट लुकाए

 अजय यादव वियोगी  कलैया ,बारा । " स्वास्थ्य कार्यालय बाराले तालिमको नाममा लाखौं कमाए ,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अाधारभूत ता...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"स्वास्थ्य कार्यालय बाराले तालिमको नाममा लाखौं कमाए ,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अाधारभूत तालिमको ईस्टिमेट लुकाए"


बारामा नीति र नियत दुवै नै हराउन थालेको छ ।स्थानीय तहको भ्रष्टाचार कहालीलाग्दो भएको बेला अहिले प्रदेश अन्तर्गत राखिएको स्वास्थ्य कार्यालय बाराको नयाँ चर्चित कला बाहिर अाएको छ। पहिला जन स्वास्थ्य कार्यालयले प्रख्यात अब स्वास्थ्य कार्यालयबाट नामाकरण भएपछि रकम नै अाउँदैन ,सबै स्थानीय तहले गर्दै अाएको बहाना अब वास्तविक कुरामा परिवर्तन भएको छ ।स्वास्थ्य कार्यालय बाराले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अनियमितता तथा काम गर्न नसकेपछि अहिले कलैयामा नयाँ तंरग पैदा भएको छ ।त्यो पनि प्रमाण सहित बाहिर अाएपछि स्वास्थ्य कार्यालयले केही कुरा लुकाउन अानाकानी सुरु गरेका छन् ।मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत राखिएको स्वास्थ्य कार्यालयलाई रेखदेख गर्ने कुनै निकाय नै छैन ,मधेस प्रदेश कुन अवस्थामा चलेको बाराको स्वास्थ्य कार्यालयबाट प्रष्ट भएको छ ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -२० मा रहेको स्वास्थ्य कार्यालयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अाधारभूत तालिम अाषाढ १५ गते देखि २४ गते सम्म अर्थात १० दिन सञ्चालनमा रहेको थियो ।अायोजक स्वास्थ्य कार्यालय बारा भएपनि त्यसको कुनै योजना स्वास्थ्यसँग छैन ।ब्यानर बाहेक कति  रकम लागेको स्वास्थ्य कार्यालय बाराले लुकाउन खोजेको हो ।नयाँ स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षित गर्न अायोजना गरिएको तालिममा त्यहीँ पुरानै शैली नै अपनाईएको र खाली कोेरम मात्र पुर्याईएको देखि स्थानीयबासीहरुले बताएका छन् ।१० दिने तालिममा कुनै प्रशिक्षक नियुक्त गरिएको थिएन ,सोही स्वास्थ्य चौकीका ईन्चार्ज रामबाबु कुशवाहालाई मौखिक जानकारी गराई १० दिने तालिमको व्यवस्था तथा प्रशिक्षण समेत गरिदिन स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले गरेका थिए ।सोही


अनुरुप अाफूले पनि खाजा बाहेक के -कति रकम अाएको छ अाफूलाई पनि थाहा नभएको स्वास्थ्य चौकी बसतपुरका ईन्चार्ज एवम् प्रशिक्षक रामबाबु कुशवाहाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।स्वास्थ्य कार्यालयले अाग्रह गरेपछि स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुद्वारा समेत नयाँ स्वयंसेविकाहरुलाई तालिम

दिईएको प्रशिक्षक कुशवाहाले बताउनुभयो ।के कति भत्ता दिने हो अहिले बताउनु नसकिने समेत प्रशिक्षक कुशवाहाले बताउनुभयो । त्यति मात्र होईन बजेट पचाउन यति सम्म गरे कि माईगेनेटिकमा फेटा गाउँपालिका ,देवताल गाउँपालिकाका स्वयंसेविकाहरु भएको भएपनि उपस्थितिमा सबैलाई कलैया नै जनाईएको पाईएको छ ।के कति सुविधा अाएको ,को बाट प्रशिक्षण दिनुपर्ने अाफूहरुलाई केही थाहा नभएको तालिममा सहभागी भएकि  स्वयंसेविकाहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएकि हुन ।केही जानकारी समेत नदिएको समेत स्वयंसेविकाहरुले बताएकि छन् ।अाधारभूत तालिममा सहभागीहरुलाई सोही स्वास्थ्य संस्थामा कार्यरत रामबाबु कुशवाहा र नितु कुशवाहाले प्रशिक्षण दिएका थिए ।कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखा बेखर रहेका छन् ।स्वास्थ्य कार्यालय बाराका कर्मचारीहरु समेत अहिले अाषाढे रकम कसरी पचाउने हो त्यस तर्फ दौड धुप गरेको पाईएको छ ।स्वास्थ्य कार्यालय बारामा क्षयकुष्ठ सुपरभाइजर शम्भुलाल कर्ण र कार्यालय सहयोगी सुन्दरी कुमारी पासवान मात्र उपस्थिति रहेको थिए ।बाँकी अन्य कर्मचारी त्यहीँ दौडधुपमा व्यस्त रहेका थिए ।परिवार नियोजन अधिकृत राघेन्द्र कर्ण अाफू अहिले धेरै व्यस्त रहेको भन्दै

कार्यालयको बारेमा बताउन चाहनु भएन।स्वास्थ्य कार्यालय त्यस्तै लथालिङ्ग अवस्था चलेको प्रष्ट देखिएको समेत सेवाग्राही मुकेश प्रसाद साहले बताउनुभयो ।अहिले मनपरि ढंगले स्वास्थ्य कार्यालयको गतिविधि भएको छ ,खोज्ने निकाय नै छैन त्यसैले होला अहिले मन लाग्दो काम भएको समेत वहाँले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवसँग यो बिषयमा जानकारी लिन खोज्दा एकिन तथ्यांक अाफूसँग पनि नभएको ,केही काम मौखिक रुपमा पनि हुने गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बाराको कलैया उपमहानगरपालिका-२० बसतपुरमा सञ्चालनमा रहेका १० दिने स्वयंसेविकाहरुको अाधारभूत तालिमको ईस्टिमेट नभएको तथा बिना प्रशिक्षककै वहाँहरुलाई तालिम सञ्चालन गर्न मौखिक भनेको समेत स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयो ।के -कति खर्च भएको ,कसरी भएको हो ,प्रशिक्षक सोहीको राखेको तथा अन्य गतिविधिको बारेमा प्रमुख जानकारी दिन नै चाहनेन् ।उनले भने अहिले यस्तै हो धेरै ठाउँमा स्वास्थ्य कार्यालयले तालिम दिई रहेका छन् ।ती सबैको लागत ईस्टिमेट र खर्च विवरण थाहा नभएकोले बताउन नचाहेकाले थप शंका उत्पन्न  भएको छ ।थोरै रकममा कार्यक्रम चलाई सबै रकम पचाउने बाहेक अर्को केही योजना नरहेको स्वास्थ्य कार्यालयका जानकार अधिकृतहरुले बताएका छन् ।९ जनाको दरबन्दी भएपनि प्रमुख रामनरेश यादव ,परिवार नियोजन अधिकृत राघेन्द्र कर्ण सबै मिलाउन लागेको समेत देखिएको हो ।यसरी अधुरो नै तालिम गराई राज्यको ढुकुटी खर्चिने बर्सेनि भारले जनता अाजित भएका छन् ।त्यति मात्र नभई स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव भएदेखि अौषधिको अभाव ,समयमा कसैलाई अौषधि नदिएको ,प्रदेशले खटाएको तथा नमस भन्दा बाहिर गएर पनि धेरै कार्यक्रम नै गरेको खुलेको हो ।बारा जिल्लाबासी यस्ता स्वास्थ्य कार्यालय प्रमुखको गतिविधिले शंशकित भएको बाराका नागरिक समाजका अगुवाहरुले बताएका छन् ।अहिले स्थानीय तहको काँधमा जिम्मेवारी गएको भन्दै विभिन्न बहाना बनाई पन्छने गरेकोले यस्तो रहस्य बाहिर अाएको समाजसेवी मनोज प्रसाद साहले बताउनुभयो ।नामको तालिम कहिले सम्म सञ्चालन हुने हो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content