अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको छुट्टाछुट्टै स्थानमा आगलागि लाखौं धनमाल नष्ट
"
अाज दिउँसो १२:००बजेको समयमा जिल्ला बारा करैयामाई गा.पा.-३ गालोपट्टी बजनी बस्ने अं.बर्ष ६० को रामजी साह तेलीको आफ्नो खेतमा गँहु काटिएको खुट्टीमा आगो लगाउँदा निज खेतको पुर्व साईडमा रहेको निम्न स्थान बस्ने निम्न मानिसहरुको सपेता(भिक्स) घारीमा आगो लाग्दा अं.१५ कठ्ठा बराबरको सपेता(भिक्स) आंसिक रुपमा डढेको हो । आगो प्रहरी,स्थानिय र दमकलको सहयोगमा अं.२:४५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।उक्त स्थानमा प्र.ब.ना.नि.को टोली खटि गएका थिए ।
निम्न मानिसहरुको सपेता(भिक्स) डढेको बताईएको छ ।
१.) ऐ.ऐ.बस्ने सोनेलाल केशरीको ५ कठ्ठाको सपेता आंसिक रुपमा जलि क्षेति भएको ।
२.) ऐ.ऐ.बस्ने शम्भु केशरीको ५ कठ्ठाको सपेता आंसिक रुपमा जलि क्षेति भएको ।
३.) ऐ.ऐ.बस्ने राजहरण साह तेलीको ५ कठ्ठाको सपेता आंसिक रुपमा जलि क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् । यस्तै अाज नै
अन्दाजी ३:१० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.-२२ चकरी स्थित गाउँमा जंगलबाट आएको आगोबाट निम्न व्यक्तिहरुको गोठमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । खबर प्राप्त हुनासाथ तत्कालै प्र.स.नि.को टोलि खटि गइ नेपाल प्रहरी ,स्थानीयबासी,दमकलको सहायताले उक्त आगो ३:४० बजेको समयमा नियन्त्रणमा आएको,मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन्
निम्न :-
१.जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२२ चकरी बस्ने जित बहादुर स्याँङ्बोको जस्ताले छाएको काठको गोठ र गोठमा रहेको पराल समेत जली नष्ट भइ अ.५०,०००/ (पचास हजार )बराबरको क्षति भएको
२.ऐ.ऐ.बस्ने अनिता घलानको काठले बनेको खरको छानो भएको गोठ जली नष्ट भइ अ.५०,०००/ (पचास हजार )बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।
प्रतिक्रिया