अजय यादव वियोगी
कलैया ,बारा ।
"बारामा हावाहुरीले लाखौंको क्षति "
बारामा रातिको हावाहुरीले लाखौंको क्षति भएको छ ।साँझमा अाएको हावाहुरीले बाली नालीमा सहित विभिन्न ठाउँमा बोट बिरुवा खस्दा लाखौंको नोक्सान भएको छ ।बाराको १६ पालिकाको अधिकाँश गाउँमा घर भत्केको स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनु भएको छ ।यस्तै बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ सरस्वती टोलमा रिखदेव प्रसाद यादवको घर माथि रुख ढल्दा धेरै रकम बराबरको भौतिक सामानको क्षति भएको छ ।घरकै पछाडि रहेको रहेको रुख ढल्दा खाट ,घर ,टि.भी. फ्रिज ,दराज लगायतको समानमा नोक्सान भएको पिडित रिखदेव प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।हर्दियाकै विभिन्न ठाउँमा धेरै क्षति भएको छ ।प्रशुरामपुर ,मझरिया लगायतका गाउँमा धेरै क्षति भएको छ।बाली नालीमा धेरै क्षति भएको छ ।मकैबालीमा धेरै क्षति भएको किसान नरेश यादवले बताउनुभयो ।
प्रतिक्रिया