श्री गढीमाई संवाददाता
कलैया ,बारा ।
"बारामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनौली परीक्षा केन्द्रमा मिडियालाई जान्नलाई केन्द्राध्यक्ष जितेन्द्र यादवले लगाए रोक "
बारामा एस.ई.ई.परिक्षाको पहिलो दिनको परिक्षामा श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनैली परीक्षा केन्द्रमा मिडियालाई जान्नबाट रोक लगाएका छन् ।केन्द्राध्यक्ष जितेन्द्र यादवले मिडियालाई परीक्षा केन्द्रमा जान्नबाट रोक लगाएका हुन ।एसईई परिक्षाको पहिलो दिन अंग्रेजी बिषयको परीक्षा कसरी सञ्चालन भएको कसैलाई केही जानकारी समेत नभएको र बाहिर कुनै सुचना नदिएकोले थप अांशका महसुस भएको स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।पिप्राढी ,बेनौली परीक्षा केन्द्रमा ४ वटा विधालयको सेन्टर रहेको छ ।सुरक्षाको अवस्था समेत फितलो देखिएको थियो ।परीक्षा समयमा परीक्षा सञ्चालन गर्नुपर्ने भएपनि पहिलो दिनको परीक्षा केही समय ढिलो भएको परीक्षार्थीहरुले बताएका छन् ।केन्द्राधयक्ष जितेन्द्र यादवले सञ्चारकर्मीहरुलाई परीक्षा केन्द्रमा अाउनलाई जिल्ला प्रशासन कार्यालय बाराको पासको जरुरी रहेको बताउनुभयो ।बिना पास मिडियालाई प्रवेश गर्न नदिने केन्द्राध्यक्ष यादवले बताउनुभयो ।अनुगमन र परीक्षा कस्तो ढंगले भएको हो ,त्यसलाई गोप्य राख्न केन्द्राध्यक्ष यादवले बाहिर ल्याउन नचाहेका कारण अहिलेको जबानामा पनि रोक लगाउनुले थप अंशका मात्र नभई केही रहस्य छुपेको बरेली सञ्चारकर्मीहरुले बताएका छन् ।विगतमा पनि यो केन्द्र विवादित नै बन्दै अाएको थियो ।अहिले मिडियालाई रोक लगाएर परीक्षा केन्द्र विवादित बन्दै गएको हो ।परीक्षाको गतिविधिमा गार्ड देखि सुरक्षार्थ खटेकाहरुमा प्रति अंशका बढनाले परीक्षा कुन ढंगले भएको हो कि खाली परिक्षाको प्रक्रिया पुर्याएको देखिएको स्थानीय शिक्षाप्रेमीहरुले बताएका छन् ।कति बिधार्थी सहभागि भएका थिए ,कति बिधार्थी अनुपस्थित थिए ।केही जानकारी समेत नअाएको बताईएको छ ।शिक्षा विकास तथा समन्वय एकाई बाराले पनि परीक्षा केन्द्रमा मिडियालाई जान्नबाट कहि रोक लगाउन सुचना जारी गरेका छैनन् ।जिल्ला प्रशासन कार्यालय बारामा पनि पासको लागि कोही नगएको बताईएको छ ।
प्रतिक्रिया