अजय यादव वियोगी
कलैया ,बारा ।
"रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेड शाखा कार्यालय कलैयाद्वारा एकदिने अभिकर्ता उत्प्रेरणा कार्यक्रम र अाधारभुत तालिम करणराज होटलमा सम्पन्न "
जीवन बिमा भन्नाले कुनै पनि व्यक्तिलाई निजको जीवनसँग सम्बन्धित जोखिमबाट हुन जाने अार्थिक क्षतिबाट बच्नको लागि समय छदाँ गरिने व्यवस्थालाई नै जीवन बिमा भनिन्छ ।अाधुनिक युगमा अहिले प्राविधिक धेरै भएको छ ।तर विपत्त बाजा बजाएर अाउँदैन।त्यसैले भोलिको दिन सुरक्षित बनाउन बिमा सबैको लागि अनिवार्य नै रहेको छ ।जीवन बिमालाई सामाजिक र अार्थिक विकाससँग संगै लिने गरिन्छ ।रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेड कलैया शाखाद्वारा एकदिने अभिकर्ता उत्प्रेरणा तथा अाधारभुत तालिम कलैयाको करण राज होटलको सभाकक्षमा सम्पन्न भएको छ।कलैया शाखाका प्रबन्धक मंजय कुमार उपाध्यायको अध्यक्ष्ातामा सो तालिम सम्पन्न भएको हो ।तालिममा सहभागी भएकालाई केन्द्रीय कार्यालय काठमाडौंबाट अाएका सिनियर मैनेजर कल्याण राज भट्टराईले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा बिरगंज शाखाका प्रमुख राजिव यादव ,निजगढ शाखाका प्रमुख प्रकाश लामिछाने ,चन्द्रनिगाहपुर शाखाका मार्केटिङ गर्ने सुरेन्द्र पौडेल ,सिमराका मार्केटिङ गर्ने अमरलाल महतोको विशेष उपस्थिति रहेको थियो ।नयाँ पुराना गरि ८० जना भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो । रौतहट ,बारा र पर्साका समेत अभिकर्ताहरुको सहभागिता रहेको शाखा प्रमुख मंजय उपाध्यायले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो नयाँ र पुराना दूवै अभिकर्तालाई तालिमबाट ताजगी दिलाउन नै तालिमको अायोजना गरिएको रिलायब नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेड कलैया शाखाले जानकारी दिएका छन् ।कलैया शाखाले विगतमा पनि राम्रो काम गर्दै अाएका छन् ।अरु लाईफ ईनस्योरेन्स भन्दा रिलायबको विशेषता बेग्लै रहेको छ ।अरुमा भन्दा बिमाङ्क रकम एकमुष्ट दिने ,दुर्घटनाका कारणबाट अस्पताल भर्ना भएकालाई बिमा रकमको ०.१प्रतिशत दरले प्रतिदिने सेवा अरुमा नभएको कलैया शाखाका प्रबन्धक मंजयकुमार उपाध्यायले बताउनुभयो ।नयाँ अभिकर्ता बन्नेले सिधै कार्यालयमा ९:०० बजे देखि ५:३० बजे सम्म गर्न सकिने शाखा प्रबन्धक उपाध्यायले बताउनुभयो ।
तालिममा बजार अधिकृत रेमोदिन अंसारी ,नयाँ अभिकर्ता उमाँशँकर साह कलवार ,चन्दन कुमार गुप्ता ,सेहाज अंसारी ,नवसाद हुसेन ,सहबुदिन अंसारी ,बलिराम यादव लगायतको सहभागिता रहेको थियो ।बिमाबाट सबैलाई फाईदा पुग्ने अभिकर्ताहरुले सो अवसरमा बताउनुभयो ।अबको दिनमा लक्षित वर्गमा पनि बिमाको बारेमा जानकारी गराईने योजना रहेको शाखा प्रबन्धक मंजयकुमार उपाध्यायले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।यो कम्पनी २०६४ अषाढ १८ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई बिमा समितिबाट २०७४ भाद्र १५ गतेबाट जीवन बिमा कारोबार गर्दे अाईरहेको जीवन बिमा कम्पनी हो ।
प्रतिक्रिया