" बाराको कलैया उपमहानगरपालिका वडा नं.१५ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय खम्वा बाराको वृहत् अभिभावक भेलाले नौं सदस्यी विद्यालय व्यवस्थापन समिति गठन " दिपेन्द्र जयसवाल,बारा
फागुन २६ गते ।
बाराको कलैया उपमहानगरपालिका वडा नं.१५ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय खम्वा बाराको वृहत् अभिभावक भेलाले नौं सदस्यी विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । विद्यालय व्यस्थापन समितिको अध्यक्षमा प्रमोद प्रसाद यादव,
सदस्यहरूमा सिकिन्द्र प्रसाद यादव, ग्यासुदिन मियाँ अंसारी, मोबिना खातुन, लालसा देबी, रूपमाया चौधरी,
वडा अध्यक्ष भोरिक प्रसाद यादव,शिक्षक प्रतिनिधि लिलावती चौधरी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक तेजनारायण प्रसाद जयसवाल रहेका छन् । सो समिति गठन प्रयोजनमा कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत विजय अधिकारी,जैतापुर प्रहरी चौकीको प्रहरी सहायक निरीक्षक रामप्रवेश महतो,विद्यालयका शिक्षक शिक्षिका,अभिभावक,शिक्षाप्रेमी,बुद्धिजीवी,विद्यार्थी लगायत स्थानिय बासीन्दाहरूको उल्लेखनिय सहभागिता रहेको विद्यालय स्रोत जनाएको छ ।
प्रतिक्रिया