Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

‘अस्वस्थकर खाद्य पदार्थको सेवनले दीर्घ रोगीको सङ्ख्या बढ्दै’

जनकपुरधाम  ।  अस्वस्थकर खाद्य पदार्थको सेवनका कारणले दीर्घ रोगको समस्या बढ्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्नुभएको छ ।  मधेस प्रद...

जनकपुरधाम  । अस्वस्थकर खाद्य पदार्थको सेवनका कारणले दीर्घ रोगको समस्या बढ्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्नुभएको छ । 

मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा आज जनकपुरधाममा आयोजना गरेको अस्वस्थकर खाद्य पदार्थलाई निरुत्साहित गर्न गराउनका लागि सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले बजारमा पाइने कतिपय सामाग्रीहरू कमसल रहने गरेकाले त्यसको नियन्त्रणका लागि बजार अनुगमनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । 

उहाँहरूले विज्ञहरूले बजारमा पाइने जङ्क फुड खाने क्रम बढेका कारणले पछि गएर विभिन्न प्रकारको दीर्घ रोगहरू लागेर मान्छेहरूको स्वास्थ्यमा अनेकन् समस्या आउनुको साथै मृत्यु पनि हुने गरेकाले यस्ता प्रकारको खानालाई निरुत्साहित गर्नका लागि जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक भएको बताउनुभयो । 

मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले अस्वस्थकर खाद्य पदार्थको बिक्री वितरण तथा उत्पादनमा नै विशेष ध्यान दिएर नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । 

उहाँले अस्वस्थ्यकर खानाका कारणले मान्छेहरूमा दीर्घकालमा आउने जटिल समस्याको समाधानका लागि जनचेतना फैलाउन आवश्यक भएको बताउँदै आयोगले यसका लागि काम गर्ने बताउनुभयो । 

मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. मुक्ति नारायण साहले अस्वस्थ्यकर खाना खान नहुने विषयमा जनचेतना फैलाउन आवश्यक भएको बताउनुभयो । 

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले अस्वस्थकर तथा ढुस्सी लागेको खाने कुरा खानाले मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता रोगहरू लाग्ने गरेको बताउनुभयो । 

मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक योगबहादुर पालले अस्वस्थकर खाद्य पदार्थको विक्री वितरणमा रोक लगाउन तथा बजार अनुगमनमा प्रहरीले सहयोग गर्नका लागि तयार भएको बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठ, अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर सहितका वक्ताहरूले मधेस प्रदेशमा अस्वस्थकर खाद्य पदार्थको नियन्त्रण तथा नियमनको आवश्यकतामा जोड दिनुभयो ।  

कार्यक्रममा विश्व खाद्य सङ्गठनका प्रतिनिधि सज्जन योगेस तथा युनिसेफका प्रतिनिधि सुनिल मास्केले अस्वस्थ्यकर खाद्य पदार्थको सेवनबाट हुने समस्याहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content