Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जनकपुर-पोखरा हवाई उडानको तयारी : अग्रिम टिकट बुकिङ सुरु

जनकपुरधाम । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी गरिइएको छ ।  आगामी फागुन १७ गते महाशिवरात्रि अर्थात् अङ्ग्रेजी तारिख...

जनकपुरधाम । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी गरिइएको छ । 

आगामी फागुन १७ गते महाशिवरात्रि अर्थात् अङ्ग्रेजी तारिखको मार्च १ देखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने भएको नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ । 

निजी क्षेत्रका वायु सेवा बुद्ध एयरले जनकपुरधामबाट पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ आजबाट सुरु गरेको बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले जानकारी दिनुभयो । अहिले पोखरा जानेहरूले अग्रिम टिकट बुकिङ गर्न सुरु भएको हो । 

सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका स्टेसन म्यानेजर सिंहले जानकारी दिनुभयो । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार जनकपुरधाम र पोखराका लागि उडान हुने भएको छ । 

जनकपुरधाममा आउने पर्यटकहरू अब हवाईमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा गरेर आउन र जान पाउने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । 

केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरी गएको बेलामा दुई पर्यटकीय सहरका बीचमा सिधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गर्नुभएको थियो । 

खास गरेर मधेस प्रदेशको राजधानी, धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधामबाट प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी एवम् गण्डकी प्रदेशका राजधानी पोखराका बीचमा हवाई सेवा सुचारु भएपछि पर्यटकलाई पनि लाभ पुग्ने भएको छ । 

अहिले पोखरा तथा जनकपुर सडक मार्गबाट मात्र जोडिएका छन् ।  

जनकपुरधामबाट पोखरा जाने यात्रीले कम्तीमा पनि ८ घण्टाभन्दा बढी समय लगाएर जाने गरेका थिए । खास गरेर जनकपुरधाममा अत्यधिक मात्रामा भारतीय पर्यटकहरू आउने गरेको छन् भने पोखरामा भारतीयसहित अन्य देशका पर्यटकहरू पनि आउने भएका छन् । 

यसैबीच जनकपुरधामबाट पोखराको हवाई सेवा सुरु हुने भएपछि जनकपुरधामका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । जनकपुरधामका वरिष्ठ होटल व्यवसायी दशरथ साहले यसले दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभएको ।  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content