" महाशिवरात्रिमा कलैया को शिदेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो"
कलैया, बारा । आज हिन्दुहरूको एक प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज बाराको सदरमुकाम कलैयामा रहेको शिदेश्वर मन्दिरमा बिहानदेखि हिन्दू
धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ । पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही, मिष्ठानधुप र अगरबत्तीलगायत सामग्री लिएर बिहानैदेखि महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको पूजाआरधाना गरिरहेका छन् । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि त्यही चहलपहल र भिड्भाड हुने गर्थिएन तर यस पटक शिदेश्वर मन्दिरमा हर्षाेल्लासका साथ भक्तजन पूजाका लागि
व्यस्त रहेको पाइएको छ । हाल त्यहाँ मेला लागेको छ भने भजनकीर्तनसमेत भइरहेको छ । यसैगरी बाराअको अन्य शिव मन्दिरलगायत सहरका अन्य शिव मन्दिरमा पूजाआजा भइरहेको छ ।
प्रतिक्रिया