Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्सा काँग्रेसको १४ पालिकामा निर्वाचन प्रक्रिया शुरु

वीरगंज । नेपाली कांग्रेस पर्साको स्थगित १४ वटा पालिकाको अधिवेशनमा निर्विरोध रुपमा नेतृत्व चयन गर्ने प्रयास आज शुरु भएको छ ।  १४ वटा पालिका...

वीरगंज । नेपाली कांग्रेस पर्साको स्थगित १४ वटा पालिकाको अधिवेशनमा निर्विरोध रुपमा नेतृत्व चयन गर्ने प्रयास आज शुरु भएको छ । 

१४ वटा पालिका मध्ये सशक्त पालिकाको रुपमा रहेको वीरगंज महानगरपालिकामा नेतृत्वमा आफ्नो निकट व्यक्तिलाई पुर्‍याउन नेताहरू बिच होडबाजी भएको छ । देउवा समूहबाट सभापतिमा राधेश्याम चौरसिया, विजय सिंह, राजु गुप्ताको दाबी भए पनि सो समूहको आज होटल दियालो लडर्समा सम्पन्न बैठकले राधेश्याम चौरसियाको नेतृत्वमा महानगरको चुनावमा जाने निर्णय गरेको छ ।  प्राप्त जानकारी अनुसार अध्यक्षमा राधेश्याम चौरसिया र उपाध्यक्षमा विजय सिंह सहितको प्यानल बनाएर देउवा समूह निर्वाचनमा उत्रिन लागेको हो । 

यता महानगरपालिकाको नगर अध्यक्षमा पत्रकार दीपेन्द्र चौहान र मणिन्द्रलाल नेपाली कोइराला पक्षको उम्मेदवारको रुपमा चर्चामा रहेका छन् । दुई मध्ये एकलाई नेताहरूले टुङ्गो लगाउने श्रोतले जनाएको छ । 

त्यसैगरी कृष्ण प्रसाद सिटौलाको समूहबाट जितेन्द्र पुरुष ढकालले अध्यक्ष पक्षमा उम्मेदवारी दिने चर्चा दिनभर पर्सा काँग्रेसमा चलेको छ । 

अन्ततः भोलि दिउँसो १ बजे सम्म उम्मेदवारी दिने समय रहेको हुँदा भोलि सम्म सहमति नभए निर्वाचन हुने जनाइएको छ । 

सर्वसम्मत रुपमा नेतृत्व चयन नभई निर्वाचन प्रक्रियामा गएमा देउवा समूहका राधेश्याम चौरसिया र कोइराला समूहका चौहान र नेपाली मध्ये एक चुनावमा भिड्ने निश्चित प्राय भएको छ । 

यता पर्साको पोखरीया, पर्सागढी, बहुदरमाई नगरपालिका सहित ठोरी, जिराभवानी, सखुवाप्रसौनी, विन्दवासिनी, पटेर्वासुगौली, छिपहरमाई, कालिकामाई, धोविनी, पकहामैनपुर र जगरनाथपुर गाउँपालिकामा समेत आज निर्विरोध नेतृत्व चयनका लागि नेताहरूले प्रयास जारी राखेको जनाइएको छ ।

पालिका स्तरीय निर्वाचन सम्पन्न भएपछि १५ गते जिल्ला अधिवेशन शुरु हुने र १६ गते निर्वाचनमा जाने जनाइएको छ । 

यता नेपाली कांग्रेस बारा, रौतहट, चितवन, सप्तरी, सिरहा, धनुषा, सर्लाही, नवलपुर, बाँके र अछाम लगायतका १० जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमका कारण १६ जिल्लामध्ये सङ्घीय संसद्का सदस्य रहेका १० जिल्लाको अधिवेशन फागुन २० गतेभित्र सम्पन्न गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content