अजय यादव वियोगी
पथलैया ,बारा ।
"जनमत पार्टी बारा र पर्साद्वारा महेन्द्र राजमार्ग घेराउ ,प्रहरीले गरे हस्तक्षेप"
बाराको पथलैया स्थिति महेन्द्र राजमार्ग जनमत पार्टी बारा र पर्साले घेराउ गर्ने कार्यक्रम सम्पन्न भएको छ ।जनमत पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै अाज पुस २४ गतेका दिन राजमार्ग घेराउ कार्यक्रम थियो ।सोही अनुसार कार्यक्रम गरिएको जनमत पार्टी जिल्ला समन्वय समिति कार्य समिति बाराले जानकारी दिएका छन् ।बाराको १६ पालिकाबाट स्थानीय नेता कार्यकर्ता तथा अाम किसानको सहभागिता रहेको जनमत पार्टीले जानकारी दिएका छन् ।दिउँसो १:०० बजे देखि घेराउ गर्न गएका बेला प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ता बिच केही तनाव सिर्जना भएको थियो ।थप हिंसा भडक नदिन नेपाल प्रहरीले दिउँसो :२:०० बजे ४ जनालाई नियन्त्रणमा लिएको थियो ।जनमत पार्टीका बाराका कार्यवाहक जिल्ला अध्यक्ष बिनोदकुमार यादव ,केन्द्रीय सदस्य रामबाबु कुमार साह ,जनमत पार्टी बाराका जिल्ला सह-सचिव कार्तिकदेव पाण्डेय र पर्सा जिल्लाकि महिला नेत्री नजमा खातुनलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।घाइते हुनेहरुमा केन्द्रीय सदस्य एवम् बाराका यूवा नेता सुनिलकुमार यादव ,देवताल गाउँपालिका जनमत पार्टीका अध्यक्ष हरिशँकर प्रसाद भएका हुन ।दुवै जनाको स्थानीय क्लिनिकमा उपचार भएका थिए ।किसानको जायज माँग पूरा नभए हामी अान्दोलनबाट पछि नहट्ने जनमत पार्टीका केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख सुरेश प्रसाद साहले बताउनुभयो।पचरौताबाट उमेश पटेल र सुरेश यादवको नेतृत्वमा ,सिम्रौनगढ नगरपालिकाबाट साँस्कृतिक जनमत संघका केन्द्रीय अध्यक्ष राईटर अार.के राउत ,महागढीमाई नगरपालिकाबाट रामबाबु यादव ,अादर्श कोतवाल गाउँपालिकाबाट जनमत पार्टीका जिल्ला सचिव विजय गुप्ता,सुवर्ण गाउँपालिकाबाट जलन्धर प्रसाद यादवको नेतृत्वमा पथलैया जनमत पार्टीका नेता कार्यकर्ता तथा अाम किसानको सहभागिता रहेको थियो ।जनमत पार्टी केन्द्रीय कार्य समितिले ११ सुत्रिय माँग राख्दै केही दिनदेखि अान्दोलन गर्दै अाएका छन् ।किसानको जायज माँग पूरा नभए अाफूहरुले यस्तै जारी राख्ने जनमत पार्टीका नेता कार्यकर्ताहरुले बताएका छन् ।यता प्रहरीले महेन्द्र राजमार्ग बन्द गर्न अाएकालाई केही नगरी शान्तिपूर्ण अान्दोलन गर्न ,जनताको जिउ ,धनको सुरक्षा प्रहरीको भएकाले कानुनकै परिधिभित्र रहि अान्दोलनकारीहरुलाई बुझाएको प्रहरीले जानकारी दिएका छन् ।लोकतन्त्रमा अान्दोलन गर्न सबैको मौलिक हक भएपनि कसैलाई हानी पुर्याउन नदिन प्रहरी तैनाथी अवस्थामा नै राखिएको प्रहरीले जानकारी दिएका छन् ।प्रकाउ परेका ४ जनालाई साँझमा प्रहरीले छोडेका थिए ।जनमत पार्टीका नेताहरुले केन्द्रको निर्णय जे अाउँछ सोही अनुरुप जाने बताएका छन् ।
प्रतिक्रिया