Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" राधेश्याम पटेललाई यथाशीघ्र धार्मिक सहिद घोषणा गर्न विश्व हिन्दू परिषदद्रारा नेपाल सरकारलाई ध्यानाकर्षण "

 " राधेश्याम पटेललाई यथाशीघ्र धार्मिक सहिद घोषणा गर्न विश्व हिन्दू परिषदद्रारा नेपाल सरकारलाई ध्यानाकर्षण " सन्दिप प्रसाद यादव  कल...

 " राधेश्याम पटेललाई यथाशीघ्र धार्मिक सहिद घोषणा गर्न विश्व हिन्दू परिषदद्रारा नेपाल सरकारलाई ध्यानाकर्षण "

सन्दिप प्रसाद यादव 

कलैया , बारा। माघ १५ गते 


बारामा मुस्लिम र हिन्दू युवाहरु बीच झगडा परि मृत्यु भएको राधेश्याम पटेललाई यथाशीघ्र धार्मिक सहिद घोषणा गर्न विश्व हिन्दू परिषदले  नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

परिषदले शुक्रबार मन्त्रालयमा नै नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाडलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको हो । परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहको नेतृत्वमा गएको टोलिले धर्मिक पटेललाई तत्काल सहिद घोषणा र क्षतिपूर्तिको उपलब्ध गराउन माग सहित गृहमन्त्री बालकृष्ण खाडलाई ज्ञापनपत्र बुझाएको   परिषदका दिपक आचार्यले जानकारी गराएका छन् ।


परिषदले गत माघ १० गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफल र सहमति अनुसार स्व. पटेललाई यथाशीघ्र धर्मिक सहिद घोषणा गरि निजको परिवारले पाउनुपर्ने क्षतिपूर्ति भराइपाउन , दोषी   लाई कडा कार्वाही हुनुपर्ने माग गरेको छ ।


यस्तै परिषदले स्थानीय प्रशासन सहित रोहवरमा भएका सहमति अन्य विषयहरु अबिलम्ब कार्यान्वयन गर्न माग समेत गरेको छ । सरकारी पक्षबाट  सहमति गराउने तर सहमति कार्यान्वयन नगर्ने हो भने घटनाले फ़ेरि उग्ररूप लिने संकेत देखिएको हुँदा सो को जिम्मेवारी नेपाल सरकार नै हुने भन्दै परिषद सचेत गराएको छ।

गत कार्तिक २५ गते छटपर्व मनाउने कम्रमा हिन्दू भक्तहरु र स्थानीय मुस्लिम युवाहरु बीच बिवाद भइ झैँ - झगडा इनर्वारी बस्ने राजकुमार  राउत कुर्मीका छोरा वर्ष १८ का राधेश्यामलाई मुस्लिम युवाहरुले लाठि, ढुङ्गा , मुढा गरि कुटपिट गरेका थिए ।

कुटपिटबाट राधेश्यामको टाउकोमा गम्भीर चोट लागि बिरगंजमा भर्ना गरिएको र उपचारकै कम्रमा यहि पुस २१ गते निधन भएको थियो ।

सो घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर  कटुवालको संयोजकत्वमा माघ १० गतेका दिन पीडित पक्ष , राजनैतिक दलका प्रतिनिधि , स्थानीय सञ्चारकर्मीको उपस्तिथिमा छलफल पश्चात स्व. राधेश्याम पटेलका परिवारलाई उपचारमा खर्च भएको रु. ११ लाख २४ हजार क्षतिपूर्ति बापत र सहिदले पाउने छुट्टै रु. १० लाख गरि २१ लाख २४ हजार उपलब्ध गराउने सहमति र धर्मिक सहिद घोषणा सहमति भएको थियो ।

उक्त सहमतिको कार्यन्वयन सम्बन्धमा बाराका प्रमुख जिल्ला अधिकारीले पत्र गृह - मन्त्रालय पठाइसकेको बताइए पनि हाल सम्म पीडितका परिवारले राहत पाउन सकेको छैनन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content