Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नियमित सरुवा गर्नेबेला १८ इन्स्पेक्टरको काज, गृहमन्त्रीको जिल्लाका अधिकांश फेरिए

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको काज सरुवा भएको छ । नियमित सरुवा गर्नुपर्ने समयमा प्रहरी प्रधान ...

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको काज सरुवा भएको छ । नियमित सरुवा गर्नुपर्ने समयमा प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको हो ।

काज सरुवामा गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्ला रुपन्देहीका अधिकांश प्रहरी निरीक्षक फेरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास क्षेत्र बूढानीलकण्ठ, धादिङको खानीखोला लगायत आकर्षक पोष्टिङहरुमा पनि प्रहरी निरीक्षकहरु काज सरुवामार्फत फेरिएका छन् ।

प्रहरी नियमावली, २०७१ ले विशेष परिस्थितिबाहेकका अवस्थामा सामान्यतया काज सरुवा गर्न निषेध गरेको छ । तर प्रहरी प्रधान कार्यालय, नक्सालले शक्तिकेन्द्र रिझाउन पहुँचवाला प्रहरी निरीक्षकहरुलाई नियमित सरुवा अगावै आकर्षक ठाउँमा पोष्टिङ सुरक्षित गराउन काज सरुवाको बाटो प्रयोग गर्ने गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लाका अधिकांश निरीक्षक फेरिनुले उनको रुचिमा नियमित सरुवा रोकेर काज सरुवा निकालिएको देखिने प्रहरी प्रधान कार्यालय, नक्सालका एक अधिकारी बताउँछन् । सरूवामा राम्रो पोष्टिङ पाउनेमा  प्रहरी निरीक्षकमा ‘पासआउट’ भएको एक वर्ष पनि नपुगेकादेखि बढुवा भएका तीन महीना पनि पूरा नभएकासम्म छन्।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले चाहिँ काज सरुवाबारे अनविज्ञता प्रकट गरे । उनी भन्छन्, ‘काज सरुवा भएको सुनेको हुँ तर क–कसको कहाँ सरुवा भयो भन्ने मकहाँ आउँदैन ।’

अनलाइनखबरलाई प्राप्त मानव स्रोत तथा प्रशासन विभागका केही पत्र अनुसार जिल्ला रुपन्देहीको इलाका प्रहरी कार्यालय, मर्चवारमा प्रहरी निरीक्षक तेजबहादुर खत्री खटाइएका छन् । उनी निरीक्षकमा बढुवा भएको तीन महीना पनि पूरा भएको छैन । मर्चवारमा कार्यरत निरीक्षक अमृत भण्डारी प्रदेश ट्राफिक प्रहरी कार्यालय, रुपन्देही पठाइएका छन् ।

सरूवा हुनेमध्ये केशव केसी, युवराज कार्की, राजाराम यादव र जीवन लामिछाने प्रहरी निरीक्षकमा ‘पासआउट’ भएको  एक वर्ष पनि पूरा भएको छैन

सशस्त्र प्रहरी गण, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजाराम यादव इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देही पठाइएका छन् । त्यहाँका इस्पेक्टर देवेन्द्रकुमार मल्ल लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण, कोहलपुर पठाइएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशव केसी जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देही पठाइएका छन् ।  ट्राफिकका दिवशबहादुर जिसी प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक जीवन लामिछाने इलाका प्रहरी कार्यालय, रन्यौरा पठाइएका छन् । रन्यौरामा कार्यरत निरीक्षक चक्रबहादुर डम्बरपाल जिल्ला प्रहरी कार्यालय, बर्दिया पठाइएका छन् ।

संघीय प्रहरी इकाइ कार्यालय, पोखरामा कार्यरत निरीक्षक युवराज अंग कार्की इलाका प्रहरी कार्यालय, लुम्बिनी, रुपन्देही पठाइएका छन् । लुम्बिनीमा कार्यरत रवीन्द्र महत प्रहरी प्रधान कार्यालयको कानून शाखामा लगिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीमा कार्यरत प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले इलाका प्रहरी कार्यालय, छपिया, रुपन्देहीको जिम्मा पाएका छन् । त्यहाँ कार्यरत निरीक्षक शोभा पाण्डेय संघीय प्रहरी इकाइ कार्यालय, रुपन्देही पठाइएका छन् ।

निरीक्षकका लागि आकर्षक पोस्टिङमध्येमा पर्ने धादिङको खानीखोलामा अपूर्व ढुंगानाको काज सरुवा भएको छ । काठमाडौंको बूढानीलकण्ठमा निरीक्षक अनिल ठकुरी पठाइएका छन् ।

सरूवा हुनेमध्ये केसी, कार्की, यादव र लामिछाने प्रहरी निरीक्षकमा ‘पासआउट’ भएको  एक वर्ष पनि पूरा भएको छैन । तर पहुँच नभएका केही निरीक्षकहरु चाहिँ पाँच वर्षसम्म एउटै पोष्टिङमा छन् । एक निरीक्षक गुनासो गर्दै भन्छन्, ‘नियमित सरूवामा नियमले सरूवा भएर ईन्चार्ज जान नमिल्ने भएकाले काज सरूवा गराएर उनीहरू राम्रो पोस्टिङमा गएका हुन् ।’

मापदण्ड नहुँदा मनपरी

प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा लामो समय काम गरेका एक अधिकृतका अनुसार कुनै कार्यालयका प्रमुख विशेष कारणले समय अगावै तान्नु परे तत्काल काज गरेर अर्को अधिकृतलाई पठाउनुपर्ने हुनसक्छ । उनी भन्छन्, ‘कहिलेकाहिं कार्यक्षेत्रमा अफ्ठ्यारो परिस्थिति सिर्जना हुन्छ, त्यस्तोमा अर्को अधिकृतलाई पठाउन काज सरुवाको व्यवस्था गरिएको हो ।’

तर प्रहरीभित्र काज सरुवाको व्यवस्थामा बलियो मापदण्ड नहुँदा अहिले अनावश्यक दबाबका भरमा मनपरी सरुवा गर्नुपरिरहेको उनी गुनासो गर्छन् ।

कुवेरसिंह राना आईजीपी हुँदा २०६८ सालमा प्रहरीको पीसीसी बैठकबाट काज सरुवालाई व्यवस्थित गर्न यससम्बन्धी निर्देशिका, २०६९ जारी गरिएको थियो । त्यसको सुरूवातमै ‘विविध कारणले गर्दा हालका दिनहरूमा प्रहरी नियमावलीको असाधारण (सामान्य अवस्थामा प्रभावी नहुने) प्रावधानको उद्देश्य विपरीत प्रहरी कर्मचारीको काजका लागि अनावश्यक दवाबको अवस्था’ रहेको उल्लेख गरिएको थियो ।

तर, २०७१ सालमा प्रहरीको नयाँ नियमावली लागू भएलगत्तै त्यो निर्देशिका खारेज भइसकेको छ । त्यसयताका प्रहरी प्रमुखले काज सम्बन्धी निर्देशिका/मापदण्ड नबनाउँदा काजको प्रावधान लथालिंग बनेको छ । पछिल्लो समय संगठन प्रमुखलाई गृहमन्त्री र बालुवाटारले चेपुवामा पार्दा काज सरुवा गर्ने क्रम बढेको अधिकृतहरु गुनासो गर्छन् ।

एक पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भन्छन्, ‘खासमा काज सरुवा संगठनको आवश्यकतामा हुनुपर्ने हो, तर अहिले सम्बन्धित प्रहरी कर्मचारीको आवश्यकतामा यो व्यवस्था दुरुपयोग भइरहेको छ ।’

पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी काज सरुवालाई व्यवस्थित गर्न विभिन्न नेतृत्वका पालामा नीति बनाइए पनि कार्यान्वयनमै समस्या देखिएको बताउँछन् । ‘नियतै सफा नभई यो समस्या हल हुने हुँदैन’, उनी भन्छन् ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content