Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

जनगणनामा संस्थागत निर्णय अनुसार उत्तर दिन अभियान चलाइनु गलत : तथ्यांक विभाग

३० कात्तिक, काठमाडौं । तथ्यांक विभागले राष्ट्रिय जनगणनामा व्यक्ति तथा संस्थाले आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइन...

३० कात्तिक, काठमाडौं । तथ्यांक विभागले राष्ट्रिय जनगणनामा व्यक्ति तथा संस्थाले आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइनु गलत भएको बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन समेत आम सर्वसाधारणमा आह्वान गरेको छ । गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाएर संस्थागत निर्णय अनुसारकै उत्तर दिन भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएपछि विभागले यस्तो अनुरोध गरेको हो ।

जनगणनाका प्रश्नावलीलाई अन्तिमरूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदाय/संघसंस्था र विषय विज्ञहरुसँग पटक–पटक छलफल गरिएको विषयलाई समेत विभागले स्मरण गराएको छ । ती छलफलबाट प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिम रूप दिइएको विभागले जनाएको छ ।

प्रश्नावली निर्माण लगायत अन्य गणना कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेत अवलम्बन गरिएको विभागले उल्लेख गरेको छ ।

जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै मंगलबार आदिवासी जनजाति संगठनहरूले तथ्‍यांक विभागको ध्यानाकर्षण गराउँदै प्रश्नावलीमा रहेका हेलचेक्र्याइँ सच्याउन माग गरेका छन् ।

‘तथ्यांक ऐन २०१५ बमोजिम स्थापित केन्द्रीय तथ्यांक विभाग तथ्यांक संकलन, प्रशोधन, प्रकाशन, वितरण तथा भण्डारण गर्ने राज्यकै एक स्वतन्त्र निकाय भएकाले यसले कसैको पनि पक्ष वा विपक्षमा काम नगर्ने सरोकारवाला सबैलाई थाहा भएकै विषय हो,’ विभागको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक संकलन कार्यका लागि देशैभर करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक जसमा ५० प्रतिशत महिला, ५० प्रतिशत पुरुष र उपलब्ध भएसम्म स्थानीय तहकै व्यक्तिहरू पर्ने गरी खुला बजारबाट छनोट गरिएको भन्दै उनीहरूलाई आवश्यक सबै तालिम दिएर मात्र तथ्यांक संकलन कार्यमा खटाइएको समेत विभागले स्पष्ट पारेको छ ।

‘जनगणनामा प्रयोग हुने अवधारणा, परिभाषा, विधि लगायत प्रत्येक प्रश्नको विस्तृत रूपमा व्याख्यासहित तयार गरिएको गणना पुस्तिकाको आधारमा नै तथ्यांक संकलन गर्ने काम हुन्छ,’ विभागले भनेको छ, ‘सोहीबमोजिम विभागबाट गणक तथा सुपरिवेक्षकहरुलाई निर्देशन समेत भइसकेको छ।’

गणकहरूबाट तथ्यांक संकलनका क्रममा केही प्रश्नहरूमा सुन्नमा आएका केही नकारात्मक कुराहरूको सन्दर्भमा यसको सत्य/तथ्य बुझी आवश्यक निर्देशन दिने काम विभागले गरिरहेको भन्दै यथार्थ भन्दा फरक आफ्नो व्यक्तिगत वा संस्थागत निर्णय अनुरूपको उत्तर उत्तरदातालाई दिन अभिप्रेरित गर्नाले सही तथ्यांक संकलन गर्न नसकिने विभागले उल्लेख गरेको छ ।

स्थलगत तथ्यांक संकलन कार्यलाई प्रभाव पार्ने, कार्यरत कर्मचारीहरूबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित गर्ने, कर्मचारीहरुको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने समेत विभागको भनाइ छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content